हाइसेन्सको युरोकप सियोर सट योजना
काठमाडौं : हाइसेन्सको नेपालका लागि आधिकारिक बिक्रेता नवीन डिस्ट्रब्युटर प्रालिले युरोकप फुटवल २०१६ लाई लक्षित गरेर 'युरोकप सियोर सट अफर' सञ्चालनमा ल्याएको छ।
यस योजनाअनुसार ग्राहकले हाइसेन्सको २१ देखि ५५ इन्चसम्मको टीभीको खरिदमा पक्का उपहार प्राप्त गर्नेछन्।
टीभीको खरिदमा ग्राहकले भ्याकुम क्लिनर, राइस कुकर र कार्पेट जस्ता पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
युरोकपको अफिसियल प्रायोजकका रूपमा रहेको हाइसेन्सले ग्राहकलाई फुटवल हेराइको भिन्न अनुभव प्रदान गर्न यो योजना ल्याएको नवीन डिस्ट्रब्युटरका निर्देशक आशीष टिब्डेवाला बताएका छन्।