दुई करोड लगानीमा हेल्थ क्लब
काठमाडौं: काठमाडौंको धुम्बाराहीमा स्थानीय व्यवसायी युवाहरुले दुई करोडको लगानीमा हेल्थ क्लब खोलेका छन् ।
शारीरिक अभ्यासका लागि आधुनिक सुविधासहितको धुम्बाराहीमा सिटी हेल्थ क्लब स्थानीय युवाहरुले सञ्चालनमा ल्याएका हुन् ।
यो हेल्थ क्लबमा शारीरिक अभ्यासका लागि फिटनेश, जिम, जुम्बा, कार्डियो र मैथाईसहितका सुविधा उपलब्ध रहेको क्लबमा प्रबन्ध निर्देशक सुवास कर्माचार्यले जानकारी दिए ।
स्थानीय चारजना युवाहरुको संयुक्त लगानीमा खोलिएको यो हेल्थ क्लबमा एक महिनामै करिब दुई सयजना युवाहरु सदस्य भइसकेको कर्माचार्यले बताए ।
युवा लक्षित यो हेल्थ क्लब राप्रपा नेपालको केन्द्रीय कार्यालय नजिकै रहेको छ । न्यूनतम् ४ हजार रुपैयाँ मासिक शुल्क लिएर शारीरिक अभ्यास गर्ने सुविधा युवाहरुलाई दिइएको क्लबले जनाएको छ ।
यो हेल्थ क्लबमा नेपालकै चर्चित महिला बडी बिल्डर निर्मला महर्जनले प्रशिक्षण दिने गरेकी छन् ।