ठूला जहाज खरिद गर्न आन्तरिक तयारी तीव्र

ठूला जहाज खरिद गर्न आन्तरिक तयारी तीव्र

काठमाडौं: नेपाल वायुसेवा निगमका लागि अन्तर्राष्ट्रिय उडानका दुईवटा ठूला जहाज खरिद गर्न आन्तरिक तयारी सुरु गरिएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ मै दुईवटा वाइडबडी जहाज खरिदको व्यवस्था मिलाउने बजेटमा उल्लेख गरेपछि निगमले अन्तर्राष्ट्रिय उडान गर्न वाइडबडी जहाज खरिदको आन्तरिक तयारी थालेको छ।जहाज खरिद गर्न आर्थिक व्यवस्थाको जमानीका लागि पर्यटन मन्त्रालय हँदै अर्थ मन्त्रालयमक्ष निगमले सञ्चालन योजनासहितको प्रस्ताव पठाएको छ।


निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ग्लोबल टेन्डरका लागि आवश्यक डकुमेन्ट बनाउने कामलाई तीब्रताका साथ अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार निगम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको एक समितिले बोर्ड बैठकमा पेस गर्ने गरी प्रस्तावको तयारी गरिरहेको छ।

यो प्रस्ताव आगामी तीन सातामा आउने र निगमले बोर्डबाट निर्णय गरेर सार्वजनिक प्रस्ताव माग गर्ने जानकारी दिएको छ। निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्न २५ अर्ब रुपैयाँ आवश्यक भएकोले सोको व्यवस्था गरिदिन सरकार समक्ष आग्रहसमेत गरिसकेको छ।

निगमका महाप्रबन्धक कंसाकारका अनुसार सरकारले अनुमति दिए निगममा कर्मचारी संचय कोष र नागरिक लगानी कोषले लगानी गर्ने चासो देखाएका छन्। निगमले एक वर्ष अगाडि खरिद गरेको दुईवटा न्यारोबडी जहाजको १० अर्ब रुपैयाँ ऋणको नियमति किस्ता कर्मचारी संचयकोषलाई तिरिरहेको छ।

एयरवसको ए ३२० नामक दुई जहाजको नियमित ऋण तिर्न सकेकोले आगामी जहाज खरिदपछि पनि निगमले गर्ने लाभलाई दृष्टिगत गरेर थप लगानी गर्न सक्ने बुझाइ निगमको छ। वायुसेवा निगमले दुईवटा वाइडबडी खरिद गरेर हाल पाँच प्रतिशत मात्रै रहेको अन्तर्राष्ट्रिय बजार हिस्सालाई १७ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडानमा एयरवसका दुईवटा न्यारोबडी र बोइङका दुईवटा गरी चारवटा जहाज छन्। यी जहाजबाट निगमले भारत, कतार, हङकङ, थाइल्यान्डसहित अन्तर्राष्ट्रिय उडानका विभिन्न सातवटा गन्तव्यमा नियमति उडान गरिरहेको छ।


सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ मै दुईवटा वाइडबडी जहाज खरिदको व्यवस्था मिलाउने बजेटमा उल्लेख गरेपछि निगमले अन्तर्राष्ट्रिय उडान गर्न वाइडबडी जहाज खरिदको आन्तरिक तयारी थालेको छ।

वाइडबडी थप गरेर निगमले नेपालबाट सीधै जापान, अस्टेलिया र अमेरिकासम्म उडान विस्तार गर्ने योजना अगाडि सारेको छ।निगमसँग भएको दुईवटा न्यारोबडीबाट नै आगामी साउन दोस्रो साता संयुक्त अरब इमिरेटको दुवाई उडान सुरु गरिने भएको छ।

निगम पाँच वर्ष पछि पुनःदुवाई उडान गर्ने तयारीमा जुटेको हो। चीनको ग्वान्जाओका लागि पनि निगमले आवश्यक तयारी गरिरहेको छ। आगामी दुईतीन महिनाभित्रमा नै ग्वान्झाओ उडान गर्न सकिने निगमको भनाइ छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानमा सीधा जाने वायुसेवा निजी क्षेत्रको हिमालय एयर र राष्ट्रिय ध्वाजाबाहक निगम मात्रै हो। हिमालयले भर्खरै उडान सुरु गरेको हो। निगमले हाल विभिन्न देशका २८ वटा अन्तार्रष्ट्रिय वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

निगम एक्लैले अन्तर्राष्ट्रिय वायुसेवासँग प्रतिश्पर्धा गरेर पनि नेपालको छबि देखाउनुपर्ने भएकोले पनि निगमलाई बलियो बनाउनै पर्ने कंसाकारको बुझाइ छ। इन्फो सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ मै दुईवटा वाइडबडी जहाज खरिदको व्यवस्था मिलाउने बजेटमा उल्लेख गरेपछि निगमले अन्तर्राष्ट्रिय उडान गर्न वाइडबडी जहाज खरिदको आन्तरिक तयारी थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.