खेल सकिनै लाग्दा फ्रान्सको दुई गोल

खेल सकिनै लाग्दा फ्रान्सको दुई गोल

पेरिस: खेल सकिनै लाग्दा लगालग दुई गोल गर्दै आयोजक फ्रान्सले अल्बानियालाई पराजित गरेको छ ।

युरोकप अन्तर्गत समूह चरणको यो भिडन्तमा निर्धारित समय सकिएर इन्जुरी समयमा खेल चरिलरहेका बेला फ्रान्सले दुई गोल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ ।
यससँगै फ्रान्स युरोकपको अन्तिम १६ मा पुग्ने पहिलो टोली बन्न सफल भएको छ ।

समूह ए मा रहेको फ्रान्सलाई अन्तिम १६ मा पुर्‍याउने क्रममा खेलको ९० औं मिनेटमा डिमत्री पायटले पहिलो गोल गर्दै अल्बानियालाई स्तब्ध बनाए ।

खेल बराबरीमा सकिने अनुमान गर्दै निराश बनेका घरेलु दर्शकलाई खुसी बनाउने क्रममा खेलको अतिरिक्त समयम छैटौं मिनेटमा एट्लेटीको मड्रिडका एन्टेनियो ग्रिजमनले अर्को गोल थपे ।

 

यो जितसँगै फ्रान्स समूह ए बाट दुई खेल जित्दै ६ अंक जोडेर समूह बिजेता बनेको छ ।गएराति भएको खेलमा रोमानियासँग अंक बाँडेको स्विटजरल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ गोलको बराबरी खेले पनि अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलको १८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बोग्दान स्टान्चुले रोमानियालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा खेलमा फर्केको स्विटजरल्यान्डले गोल गरेको हो । उसका लागि खेलको ५७ औं मिनेटमा अद्मिर मेहेमेदीले बराबरी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.