हसिम अम्लाले तोडे कोहली र रिचर्ड्सको रेकर्ड

हसिम अम्लाले तोडे कोहली र रिचर्ड्सको रेकर्ड

काठमाडौं: वेस्टइन्डिजविरुद्धको बुधवार खेलिएको वान डे म्याचमा दक्षिण अफ्रिका १३९ रनले बिजयी भएको छ ।

यस जितमा इमरान ताहिरले बलिङमा रेकर्ड बनाउँदा ब्याटिङमा हसिम अम्लाले पनि बिराट कोहली र विव रिचर्डसको रेकर्ड पनि तोडेका छन् ।

दक्षिण अफ्रिकाका लागि अम्लाले ९९ बलमा १३ चौकाको मद्दतले ११० रन बनाए । अम्लाको सतकीय पारीको मद्दतमा दक्षिण अफ्रिकाले ३४३ रन बनाउन सफल भयो ।

जवाफमा क्यारेबियन टीम ३८ ओभरमा २०४ अलआउट भयो । ताहिरले नौ ओभरमा ४५ रन दिएर सात विकेट लिए । जुन वान डे क्रिकेटको इतिहासमा कुनै बलरको सर्वश्रेष्ठ प्रदर्शन हो ।

दोस्रोतर्फ अम्लाले पनि आफ्नो शतकीय पारीमा कयौं ठूला रेकर्ड आफ्नो नाममा लेखाउन सफल भए ।

 

यस्तो छ अम्लाको रेकर्ड
वान डे क्रिकेटमा अम्लाको यो २३ औं सतक हो । सतकको मामिलामा अम्ला सातौं नम्बरमा पुगेका छन् । जबकि आफ्नो देशा लागि उनी सबैभन्दा धेरै सतक लगाउने दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै २४ वटा सतक एभी डिभिलियर्सले बनाएका छन् ।

आफ्नो २३ औं सतक बनाउँदै अम्लाले भारतीय क्रिकेटर विराट कोहलीको रेकर्ड पनि तोडिदिएक छन् । अम्लाले २३ सतक बनाउन १३२ पारी खेल्नुपर्यो । जबकि भारतीय क्रिकेटर विराट कोहलीले १५७ पारीमा २३ सतक बनाएका थिए । सातौं सतकदेखि २३ औं सतकसम्म आइपुग्दा अम्ला सबैभन्दा तीब्रगतिका ब्याट्सम्यान पनि भएका छन् ।

अम्लाले १४ पारीपछि वेस्टइन्डिजविरुद्ध एक हजार रन पनि बनाउन सफल भए । यो भनेको कुनै पनि बिरोधी टीमका लागि कुनै पनि खेलाडीले बनाएको पहिलो एक हजार रन हो ।

यसभन्दा अघि पहिलो १५ पारीमा विव रिचर्ड्सले इङ्ल्यान्डविरुद्ध एक हजार रन बनाएका थिए ।

वेस्टइन्डिजको भूमिमा अम्लाले अहिलेसम्म तीनवटा सतक हानिसकेका छन् । यस्तो रेकर्ड बनाउने उनी दोस्रो व्याट्सम्यान हुन् ।

उनीभन्दा अघि अस्ट्रेलियाका म्याथ्यू हेडनले १६ पारीमा तीन सतक लगाएका थिए । अम्लाले भने केबल ९ पारीमै यस्तो रेकर्ड बनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.