इङ्ल्याण्डको सानदार जित, चार अंकसहित शीर्ष स्थानमा
फ्रान्स: वैकल्पिक खेलाडीद्वय जेमी भार्डी र डेनियल स्टुरेजले गोल गरेपछि इङ्ल्यान्डले युरो कपको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समुह ‘सी' अन्तर्गतको आफ्नो दोस्रो खेलमा इङ्ल्याण्डले वेल्सलाई २-१ गोलले हरायो ।
वेल्सले पहिलो हाफमा आर्कषक प्रदर्शन गर्दै सुरुआती अग्रता बनाएको थियो । वेल्सका लागि ग्यारेथ बेलले फ्रिकिक मार्फत् उत्कृष्ट गोल गरेका थिए ।
ग्यारेथको करिब ३५ यार्ड लामो सशक्त फ्रिकिक प्रहारले इङ्ल्याण्डका गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो । बेलले युरोको पहिलो खेलमा स्लोभाकियाविरुद्धको खेलमा पनि गोल गरेका थिए ।
इङ्ल्याण्डका वेन रुनीले मध्यभागमा वेल्सका हल रोब्सन कानुलाई फल हानेपछि वेल्सले फ्रिकिकको मौका पाएको थियो ।
पहिलो हाफमा जोसिलो प्रर्दशन गरेको वेल्स दोस्रो हाफमा भने जम्न सकेन । इङ्ल्यान्डका लागि ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका भार्डी र स्टरिज बास्तविक नायक बने।
भार्डीले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरी पछि आक्रामक देखिएको इङ्ल्यान्डले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा निर्णायक गोल गरेको थियो । इङ्ल्यान्डका लागि दोस्रो गोल स्टरिजले गरे ।
खेल सकिन ३० सेकेन्ड अघि गोल गरेका स्टरिजले डिबक्स भित्र वेल्सका ६ जना रक्षकलाई छक्क्याउँदै गोलगरेपछि इङ्ल्याण्ड दोस्रो चरण नजिक पुगेको हो।
जितसँगै इङ्ल्याण्ड चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इङ्ल्यान्डले रुससँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
तीनतीन अंक बनाएका स्लोभाकिया र वेल्स दोस्रो र तेस्रो स्थानमा छन् । एक अंक बनाएको रुस तालिकाको अन्तिममा छ । समूहको अन्तिम खेलमा अव इङ्ल्याण्डले स्लोभाकिया र वेल्सले रुससँग प्रतिस्पर्धा गर्नेछन् ।