एसएलसी नतिजा: गणितमा धेरै ए प्लस

एसएलसी नतिजा: गणितमा धेरै ए प्लस

काठमाडौं: एसएलसी परीक्षाको ८३ वर्षे इतिहासमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक सबै विद्यार्थीको परीक्षाको नतिजा ग्रेडिङ (अक्षराङक) प्रणालीमा सार्वजनिक गरेको छ ।

विगतका वर्षहरुमा विद्यार्थीको प्राप्ताङकलाई कुल एक सय पूर्णाङकमा गणना गरेर उत्तीर्ण प्रतिशतको आधारमा नतिजा प्रकाशन गरिँदै आएको थियो ।

विद्यार्थीलाई प्राप्ताङकको आधारमा उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्टयाउनु व्यवहारिक नभएको र अन्तर्राष्ट्रिय प्रचलनमा समेत नरहेको तर्क गर्दै शिक्षा मन्त्रालयले यस पटकदेखि अक्षराङ्क प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।

अक्षराङक प्रणालीमा नतिजा सार्वजनिक गरिएको हुनाले यस वर्ष परीक्षामा सहभागीमध्ये ८० प्रतिशत भन्दा धेरै विद्यार्थी सहज रुपमा कक्षा एघार भर्ना हुन पाउने भएका छन् । नतिजा अनुसार एसएलसीमा नियमित तर्फ सहभागी भएका ४ लाख ३७ हजार ३ सय २६ जनामध्ये चार लाख ३२ हजार ३ सय १५ जना कक्षा ११ मा भर्ना हुन पाउनेछन् ।

अधिकतम ग्रेड प्वाईन्ट एभरेज (जिपिए) चार मानेर प्रकाशन गरिएको नतिजा अनुसार न्युनतम एक दशमलव ६ जिपीए सम्म ल्याउने विद्यार्थी कक्षा एघारमा भर्ना हुन पाउनेछन् ।

यी विद्यार्थीहरुले जीपीएमा गणना गर्दा न्युनतम एक दशमलव ६ भन्दा माथि र अधिकतम चारसम्म ल्याएका छन् । विगतका वर्षको नतिजासंग तुलना गर्दा यस पटक तीस नम्बरभन्दा माथि अङक ल्याउने विद्यार्थीले कक्षा एघार पढ्न पाएका छन् ।

पनिकाका अनुसार विगतका वर्षमा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदै आएका विज्ञान, गणित र अंग्रेजीमध्ये यस पटक गणितमा सबैभन्दा धेरै विद्यार्थीले ए प्लस ल्याएका छन् ।

यो विषयमा २३ हजार ३ सय ३४ जनाले ए प्लस ल्याएका छन् । त्यस्तै अंग्रेजीमा १२ हजार ५ सय ५२ जना तथा विज्ञानमा ६ हजार ८ सय २७ जनाले ए प्लस ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.