वेपत्ताका परिवारको गुनासो: पीडितको नाममा खेति नगर्नुस्:

वेपत्ताका परिवारको गुनासो: पीडितको नाममा खेति नगर्नुस्:


बेसीसहर: राइनास-१० भलायखर्कका टंकमणि घिमिरेका बुबा तीर्थराज घिमिरे २०५८ वैशाख १७ गतेदेखि बेपत्ता भए। घरमै बसिरहेका बेला अपहरणमा परेका उनी कहाँ छन् अहिलेसम्म अत्तोपत्तो छैन।

राज्यपक्षबाट घरका ज्येष्ठ सदस्य बेपत्ता पारिएपछि परिवारले ठूलो यातना भोग्नु पर्यो। 'बुबा बेपत्ता भएपछि पनि मलार्ई प्रहरीले यातना दियो। हाम्रो के दोष थियो ? बुबालाई बेपत्ता पार्ने, मलाई यातना दिने ?' उनले आफ्नो पीडा सुनाउँदा आँखा ओभना थिएनन्।

'प्रहरीको पिटाइले मानसिक अवस्था पनि राम्रो छैन', उनले भने, 'घाउ कोट्याउन मन छैन तर जहिले पनि हामीलाई बोलाइन्छ। कि मेरो बुबाको सास देखाइदिनु पर्यो कि लास। खोई तपाईहरूले प्रतिबद्धता पूरा गरेको?'

'हामीले अहिलेसम्म परिचयपत्र पाएको छैन, द्वन्ढपीडितलाई निःशुल्क शिक्षा, रोजगारीका कुरा कहाँ हराए ?' उनले प्रश्न गरे। उनले पीडितलाई थप पीडा दिँदै तिनै पीडितका नाममा खेती बढ्दै गएको बताउँदै त्यसो नगर्न सत्य निरूपण र बेपत्ता छानबिन आयोगलाई सुझाब दिए।

दुराडाँडा-२ की संगीता तिवारीका बुबा विष्णुप्रसाद तिवारी बेपत्ता भएपछि उनकी आमाले दोस्रो विवाह गरिन्। बुबा बेपत्ता र आमासमेत नभएपछि उनको जीवनमा ठूलो चोट पर्यो। बुबा बेपत्ता हुँदा उनी कक्षा ३ मा पढ्थिन्। दूधे बालक भाइ र बहिनीको हेरचाह उनकै काँधमा थियो।

त्यसबेलादेखि सुरु भएको दुःख जालोले उनलाई अहिले पनि छोडेको छैन। दुःखेको घाउ अहिले पनि बल्झिरहन्छ। अहिले उनी स्टार्फ नर्स सकेर बसे पनि बरोजगार छन्। भाइ बहिनी दुवैजना कक्षा ९ मा पढ्छन्।

भाइ बहिनीको पढाइसँगै गुजारा चलाउन निकै सकस छ उनलाई। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सरोकारवालासँग उनले रुँदै भनिन्, 'खोई हामीलाई निःशुल्क शिक्षा ? खोई रोजगार ?' उनले राज्यले बेपत्ता पारिएका परिवारलाई कसैले नहेरेको आरोप लगाइन्।

 

बेसीसहर-११ का सन्तबहादुर रिमालका छोरा राजकुमार रिमाल २०६१ भदौ ११ मा राज्यपक्षबाट बेपत्ता पारिए। कमाएर भरणपोषण गर्ने छोरो बेपत्ता भएपछि कष्टकर जीवन जिउँदै आएका उनलाई फेरि पनि मुलुकमा द्वन्द्व चर्कने हो कि भन्ने चिन्ता छ।

'मुलुक कता जान्छ तपाईंहरूकै हातमा छ', उनले भने, 'निश्पक्ष रूपमा छानबिन गर्नोस्। नातावाद, कृपावाद र राजनीति जोडियो भने फेरि स्थायी शान्ति नहुन सक्छ।' उनीहरू मात्र होइन्, बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले बेसीसहरमा आयोजना गरेको अन्तक्रि या कार्यक्रममा बेपत्ता पारिएका परिवारका सदस्यले राज्यप्रति आक्रोशपूर्ण शैलीमा बेदना पोखे।

बेपत्ता छानबिन आयोगकी सदस्य नरकुमारी गुरुङले नगरिएको गल्तीको सजाय द्वन्द्वपीडितले भोग्दै आएको बताउँदै तिनका पक्षमा आयोग रहने बताइन्। 'हामी पीडित र इश्वरको कसम खाँदै भन्छौं, कसैको प्रभाव र दबाबमा नपरी स्वतन्त्र र निश्पक्ष भएर काम गर्छौ।' उनले पीडितका आँसुले राज्यको विकास नहुने बतइन्।

द्वन्द्वण्का घटनाको पुनः उजुरी लिन थालिएपछि लमजुङमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा २२ वटा उजुरी र सत्य निरूपण तथा मेलमिलाप आयोगमा दुई सय ६० वटा उजुरी परेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किरण लामिछानेले बताए।

अन्तरिम राहतको आस

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका आठजनाको परिवारले सरकारले दिने भनेको अन्तरिम राहतसमेत पाउन सकेका छैनन्। राहत नपाउनेमा ६ जना राज्यपक्ष र दुईजना तत्कालीन माओवादीद्वारा बेपत्ता पारिएका परिवारका सदस्य छन्।

'हामीलाई किन अहिलेसम्म राहत नदिइएको हो', बेपत्ता पारिएका कृष्णहरि न्यौपानेकी श्रीमती निर्मलाले भनिन्, 'पुहँचवाला र बोलवाला भएकालाई मात्रै रहेछ राहत।' शान्ति समितिको सुरुको सूचीमा छुटेपछि उनीहरूले अहिलेसम्म राहत पाएका छैनन्। मानवअधिकारकर्मी कृष्णप्रसाद अधिकारी भन्छन्, 'यसबारेमा शान्ति समितिमा नै बिबाद भएपछि उनीहरूको राहत छुटेको छुट्यै भयो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.