पोल्यान्डसँग विश्वविजेता जर्मनीको बराबरी
![पोल्यान्डसँग विश्वविजेता जर्मनीको बराबरी](https://annapurnapost.prixacdn.net/media/albums/576374bf142e48.93325936_D032uu56os.jpg)
एजेन्सी: युरोकप फुटबलको समूह चरणको खेलमा विश्वविजेता जर्मनी पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ ।
गएराति भएको समुह 'सी' को खेलमा युरोकपको उपाधि उचाल्ने योजनामा रहेको जर्मनी पोल्याण्डसँग अंक बाँड्न बाध्य भएको हो ।
पोल्यान्डको पोस्टमा निरन्तर आक्रमण बुनेपनि जर्मनी स्कोर गर्न असफल भयो ।
पोल्यान्डले पनि केही गतिला आक्रमण जर्मनीको पोस्टमा गरेको थियो । पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले केही प्रयास गरेपनि सफल हुन सकेनन् ।
यो बराबरीपछि जर्मनी र पोल्यान्ड २ खेलबाट एकमा जित र एकमा बराबरी गर्दै ४ अंकसहि समूहको पहिलो र दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)