अहिले स्थानीय निर्वाचनको औचित्य छैनः देउवा

अहिले स्थानीय निर्वाचनको औचित्य छैनः देउवा

नेपालगन्जः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वाचन गराउने मनसाय सरकारको नरहेको बताएका छन् ।

प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जस्थित कोइराला निवास गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्वाचन गराउने मनसाय सरकारसँग छैन ।’

उनले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन नआई स्थानीय निर्वाचन गराउनुको औचित्य नभएको बताए । उनले भने, ‘आयोगको म्यादचाहिँ फागुनसम्म, अनि निर्वाचन मंसिरमा?, के तीन महिनाको लागि निर्वाचन गर्ने ?, सभापति देउवा भने, ‘कि आयोग खारेज गुर्न पर्यो, कि प्रतिवेदन आए पनि निर्वाचन गर्नु पर्यो, म्याद नै फागुनसम्मको राख्ने अनि निर्वाचन मंसिरमा गर्छु भन्ने ।’

सभापति कोइरालाले सरकार संविधान कार्यन्वयन गर्ने कुरमा गम्भिर नभएको आरोप लगाए । उनले उखान, टुक्का र झुटा कुरा गरेर सरकारले जनतालाई अलमलाई रहेको बताए ।

उनले भने, ‘सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नै छैन, उखान टुक्का र झुठा कुरा गरेर जनतालाई अलमलाई रहेको छ । उनले कांग्रेसको एक मात्र एजेण्डा संविधान कार्यान्वयन रहेको बताए ।

सभापति देउवाले स्थानीय निर्वाचन, संघीय निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गराएर सविधान कार्यन्वयन गराउनुपर्ने बताए ।

 

उनले संविधान कार्यन्वयन गराउन स्थानीय निर्वाचनदेखि राष्ट्रपति उपराष्ट्रपति निर्वाचन गराउनुपर्ने भएपनि वर्तमान सरकार कुनै पनि निर्वाचन गराउने पक्षमा नभएको बताए ।

मधेशका सरकार प्रति समेत सरकार गम्भीर नभएको देउवाको आरोप रहेको छ । नेपाली कांग्रेसका अरु काम व्यस्त रहेका कारण विभाग गठन तथा पदाधिकारी मनोनयनमा ढिलाई भएको बताए ।

नेपाल कांग्रेसलाई सरकारमा जान हतार नभएको बताए । उनले वर्तमान सरकार जाने कुरा अझ कल्पना भन्दा बाहिरको भएको बताए । उनले भने, ‘त्यही मारामार छ, ६-६ जना उपप्रधानमन्त्री छन् ।’

सभापतिले देउवाले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजूरी नदिएको बताए । ‘मैले कसैलाई उजुरी दिएको छैन, न मैले निर्देशन दिएको छु’, उनले भने ।

उनले सरकारकै कारण प्रधानन्यायाधीश, न्यायाधीश, राजदुतहरुको नियुक्तमा ढिलाई भएको बताए । उनले संसदीय संमितिमा ७५ जना नै हुनपर्ने अडानमा काँग्रस रहेको बताए ।

'अरु समितिमा चाहि ७५ नै हुनु हुने अनि संसदिय समितिमा चाँहि नहुने त्यस्तो हुन्छ, त्यो त निहु खोज्ने कुरा मात्र हो',  सभापति देउवाले भने, 'सरकार नै प्रधानन्यायधिस, न्यायधिस , राजदुतको सुनुवाई चाहँदैन।'


देउवाले मंसिरमा नै चुनाव गराउन कांग्रेस तयार रहेको बताए । 'चुनाव मंसिरमा नै भएपनि हामी तयार छौँ', उनले भने, 'तीन महिने चुनाव हो भन्दै हामी जनतासमक्ष जान्छौँ, तर सरकार नै चुनाव गराउनै चाहदैन ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.