आर्मीको पोस्टमा लुम्बिनीको गोल वर्षा

 आर्मीको पोस्टमा लुम्बिनीको गोल वर्षा

काठमाडौं: ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले खराब नतिजा बेहोरेको छ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा आर्मी मोफसलको लुम्बिनी फुटबल क्लबसँग ६-० को भारी गोलअन्तरले पराजित भयो। अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले पनि मोफसलकै झापा-११ सँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो।

पछिल्लो नतिजाले आर्मी र मनाङ दुवैलाई घाटा पुगेको छ। प्रतियोगिताको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गरेको आर्मी लुम्बिनीविरुद्ध निकै कमजोर देखियो।

नेपाली यू-१६ राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको आर्मीविरुद्ध लुम्बिनीले खेलको १५औं मिनेटमा सुरुआती गोल गरेको थियो। दामोदर थापा क्षेत्रीको प्रहार आर्मीका डिफेन्डरलाई ठोक्किएर गोलमा परिणत भएसँगै लुम्बिनीले खेलमा अग्रता लिएको थियो।

पहिलो गोल बेहोरेस“गै आर्मीले गोल फर्काउने केही प्रयास गरेको थियो। तर ती प्रयास सफल हुन सकेनन्। बरु लुम्बिनीले काउन्टर प्रहारमा आर्मीविरुद्ध गोल बर्साउन सुरु गर्यो। लुम्बिनीलाई खेलको ५६औं मिनेटमा हेडिङ गोलमार्फत कप्तान जानोम लाल लिगलले दोस्रो गोल गरे।

त्यसको सात मिनेटपछि नै तीन मिनेटको अन्तरमा तेजेन्द्र पुनले लगातार दुई गोल थप्दै लुम्बिनीको अग्रता ४-० मा पुर्याए। ७४औं मिनेटमा मन्दीप थापा र ८४औं मिनेटमा शोभित बुढाथोकीले एक एक थपेपछि लुम्बिनीले आर्मीविरुद्ध आधा दर्जन गोल गर्न सफल भयो।

 

खेलपछि लुम्बिनीका सहायक प्रशिक्षक विकास गुरुङले टोलीले सोचेको भन्दा निकै राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए।'हामी छोटो समयको तयारीमा प्रतियोगिता खेल्न आएका हौं। तर खेलाडीले सोचेको धेरै राम्रो खेले। बाँकी खेलमा अझै राम्रो प्रदर्शन गर्नेछौं', गुरुङले भने।

यसैगरी अर्को खेलमा उत्कृष्ट पुनरागमन गर्दै मनाङले झापासँग अंक खोस्न सफल भयो। झापाले २२ मिनेटभित्र तीन गोलको अग्रता बनाएर पनि जित भेट्टाउन सकेन। झापले आठौं मिनेटमै सुरुआती गोल गरेको थियो। झापाका लागि सञ्जोक राईको पासमा सनम लिम्बूले गोल गरे। विकेश लिम्बूले १६औं र २२औं मिनेटमा लगातार दुई गोल गरेका थिए।

मनाङ त्यसपछि खेलमा फर्किएको थियो। मनाङले पेनाल्टी अवसर सदुपयोग गर्दै झापाविरुद्ध गोल फर्काउन सुरु गरेको थियो। २४औं मिनेटमा विपक्षी खेलाडीले डी बक्सभित्र हातले बल छोएपछि प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सुवास गुरुङले मनाङका लागि पहिलो गोल गरे।

५३औं मिनेटमा पासाङ शेर्पाले गोल गरेपछि मनाङ २-३ को अवस्थामा फर्कियो। त्यसपछि अझ हौसिएको मनाङका लागि ७९औं मिनेटमा अतिरिक्त खेलाडी अनील चौधरीले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा पुर्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.