'अभागी टोली इङ्ल्यान्डले जिते हुन्थ्यो'

'अभागी टोली इङ्ल्यान्डले जिते हुन्थ्यो'

युरोकपले अहिले सबैको ध्यान तानिरहेको छ। फुटबल समर्थकहरू सबै युरोकप हेर्न टेलिभिजनका पर्दामा झुम्मिएका हुन्छन्। यसले जित्छ र उसले जित्छ भन्ने अड्कलबाजी पनि गरिरहेका हुन्छन्। यसले फुटबलप्रति सबैको क्रेज बढ्दैछ भन्ने पुष्टि हुन्छ।

सुरुदेखि नै रोमाञ्चक बनेको युरोकपमा मेरो समर्थन भने इङ्ल्यान्डलाई छ। युरोकपमा सहभागी बनेका सबै टोलीले राम्रो र उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर, पहिलेदेखि नै मेरो रोजाइमा भने इङ्ल्यान्ड नै छ।

टोलीका कप्तान तथा मिडफिल्डर वेन रोनीको सानदार प्रदर्शनले मलाई इङ्ल्यान्डको समर्थक बनाएको हो। इङ्ल्यान्डका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रोनीको प्रतिष्ठाका लागि पनि यसपटक इङ्ल्यान्डले युरोकप जिते हुन्थ्यो भन्ने लागेको छ।

अहिलेसम्म विश्वकप र युरोकप दुवैमा नजिता राम्रो निकाल्न नसकेका कारण इङ्ल्यान्ड निकै अभागी टोलीजस्तो लाग्छ।टोली र खेलाडीको प्रदर्शन स्तरीय भएर पनि ठूला प्रतियोगितामा सोचेजस्तो नतिजा निकाल्न नसक्नु दुर्भाग्य हो भन्ने लाग्छ।

 

आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड रुससँग १-१ गोलको बराबरीमा रोकिनु नै दुर्भाग्यको सुरुआती परिणाम हो। यद्यपि ठूला र चर्चित टोलीहरूले पनि अहिलेसम्म फराकिलो अन्तरको जित हात पार्न नसकिरहेको अवस्थामा इङ्ल्यान्डको आशा भने जीवितै छ।

एउटा टिमलाई समर्थन गरे पनि यसपटक सम्भावना अर्कोले बोकिरहेको देखिन्छ। यसपटक जर्मनी, इटाली र स्पेन पनि उपाधि दाबेदारका रूपमा देखिएका छन्। टिमवर्क, हार्ड वर्किङ, टिम कम्बिनेसन मिलेका कारण सम्भावना बोकेको टोलीमध्ये पनि जर्मनीको खेल निकै राम्रो छ। त्यसैले यसपटक जर्मनीले उपाधि उछिट्याउलाजस्तो छ।

विश्वकप विजेता भएका कारण पनि जर्मनीमाथि उपाधि जित्नैपर्ने दबाब छ। आयोजक फ्रान्सले उपाधि जित्ने सम्भावना भने निकै कम देखेको छु। मैले युरोकपलाई आफ्नो खेल कला विकास गर्ने अवसरका रूपमा पनि लिएको छु। त्यसैले सिक्नका लागि पनि खेल हेर्ने गरेको छु। यस्ता ठूला प्रतियोगिताबाट धेरै कुरा सिक्न सकिन्छ।

(लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका पूर्वस्ट्राइकर दीपकसँग अन्नपूर्णकर्मी किशोर बुढाथोकीले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.