'सधैं तन्नेरी' बनाउने पुस्तक आउँदै

 'सधैं तन्नेरी' बनाउने पुस्तक आउँदै

काठमाडौं: 'शरीर बूढो भए पनि मन बूढो हुँदैन', यो नेपाली भनाइ प्रायः व्यंग्य गर्न प्रयोग गरिन्छ। यो यथार्थ नबुझ्दा धेरैको बुढेसकाल कष्टप्रद बन्ने गरेको छ। त्यसैले बुढेसकाललाई मृत्युको पर्खाइको समय भनिन्छ।

तर, बुढेसकाल लागे पनि जीवनप्रतिको मोह सबैमा उस्तै हुन्छ। उमेर ढल्दै गएपछि शरीरमा रोगहरूको आक्रमण बढ्दै जान्छ। शारीरिक अस्वस्थता, मानसिक तनावले बुढेसकाललाई नमीठो बनाउँछ। तर जीवन जिउने तरिकामा ध्यान पुर्याए बुढेसकाललाई पनि सुन्दर समयको रूपमा बाँच्न सकिन्छ।

यस्तै सुझाव समेटेर डाक्टर जीवन प्रसाईंले 'सधैं तन्नेरी' पुस्तक बजारमा ल्याउँदैछन्। दुई दशकदेखि जडीबुटी र खाद्यपदार्थको रोग नियन्त्रण र उपचारमा हुने असरबारे विश्वका विभिन्न प्रयोगशालामा अध्ययन गरिरहेका उनले आफ्ना अनुभवलाई समेटेर सर्वसाधारण माझ ल्याउन खोजेका हुन्।

आफैं पनि आधा शताब्दी उमेर पार गरिसकेका जीवनले बुढेसकाललाई सक्रिय बनाउने उपाय पुस्तकमा दिएका छन्। उनले भने, 'उमेरलाई रोक्न सकिँदैन, तर उमेरअनुसार आउने समस्यालाई व्यवस्थापन गर्न सकिन्छ।'

अमेरिकाको युनिभर्सिटी अफ अलावामा एट बर्मिङ्ममा अनुसन्धान तथा अध्यापन गरिरहेका जीवनको दैनिकीमा योग, ध्यान, सकारात्मक चिन्तनसँगै शाकाहरी भोजन पर्दछन्। खानामा फलफूल र तरकारी बढी प्रयोग गर्ने उनी धूमपान र मद्यपानदेखि सधैं टाढै रहन्छन्।

सबैलाई सकारात्मक चिन्तन गर्ने सल्लाह दिन त सजिलो छ तर आफैंमा यो प्रयोग भने सजिलो छैन। उनलाई पनि नकारात्मक सोच नआउने होइन तर त्यसलाई कुन हदसम्म राख्ने भनेर जानेका छन्। मस्तिष्कलाई सकारात्मक सोचमा क्रियाशील बनाउनु नै यसको उपाय हो।

वैज्ञानिक युगमा मान्छेहरू तनाव मुक्तिको बाटो खोज्दै यत्रतत्र भौँतारिरहेका छन्। 'स्ट्रेस सबैलाई छ, यो आफैंमा नराम्रो होइन, कम्फर्ट जोनभित्रको स्ट्रेस राम्रो हो,' उनी भन्छन्, 'संकटकालीन अवस्थामा शरीरले गरेको रेसपोन्स हो, यसलाई समाधान गर्न खोज्ने कन्ससनेस हुनुपर्छ।'

शरीरलाई आराम दिएर लामो सास फेर्नु तुरुन्त तनाव कम गर्ने एउटा उपाय हो। खानपान शैलीले शारीरिक र मानसिक स्वास्थ्यलाई असर गरिरहेको हुन्छ। सामाजिक बन्नलाई आफ्नो स्वास्थ्यलाई पन्छाएर अरूको मन राख्न खोज्ने प्रवृत्तिले स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।

 

शरीरको प्राथमिकतालाई बुझ्ने चेतना धेरै कममा छ। आवश्यकलाई अनावश्यक र अनावश्यकलाई प्राथमिकता दिएकैले स्वास्थ्यमाथि खेलबाड भइरहेको छ। नेपालीहरूले बुढेसकालमा निष्क्रिय जीवन बिताइरहेका छन्। आफ्नो शरीरलाई चिनेर यसको आवश्यकताअनुसार खाने कुराको चयन गर्नुपर्छ।

यो बानी विकास गरे बुढेसकाललाई कसैले बोझको रूपमा लिने छैनन्। पोषणको कमी, गुणस्तरीय खाना नहुनु, शारीरिक व्यायाम गर्ने शैली नहुनु, बिरामी नभई डाक्टर कहाँ जाने संस्कृति नहुनु नेपालीहरूमा उनले भेटेको समस्या हो।

यहाँ बिरामी भएपछि लाखौं खर्च गर्न तयार हुनेले बिरामी हुनुअगावै परीक्षणको लागि थोरै रकम खर्च गर्न चाहँदैनन्। बेलाबेलामा स्वास्थ्य परीक्षण गराएर शरीरको प्रकृतिअनुसारको जीवनशैली बाँच्ने सुझाव उनको छ। उनले भने, 'पूर्ण रूपमा रोगरहित त कोही पनि हुन सक्दैन, प्रयास गर्नुपर्छ।' वनस्पतिजन्य खाना खाने बानी बसाल्नु जरुरी छ।

३० वर्ष कटेपछि विस्तारै शरीरमा क्षयीकरण सुरु हुन्छ। यसलाई सुस्तीकरण गर्न जीवनशैली नै सुधार्नुपर्छ। पोषण, सक्रिय जीवन, निद्राजस्ता कुरामा ध्यान दिए शरीरको क्षयीकरणलाई सुस्त बनाउन सकिन्छ। सामाजिक रूपमा सक्रिय हुनुले पनि बुढेसकाललाई सहज बनाउँछ।

पुस्तकमा भएका यीमध्ये रोचक शीर्षक हो, बुढेसकालमा दाम्पत्य। विवाह मानिसको व्यक्तिगत इच्छा हो। तर उनका अनुसार खुसी वैवाहिक जीवन बिताउनेहरूको बुढेसकाल बोझिलो हुँदैन। समाजमा बूढाबूढीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छ।


३० वर्ष कटेपछि विस्तारै शरीरमा क्षयीकरण सुरु हुन्छ। यसलाई सुस्तीकरण गर्न जीवनशैली नै सुधार्नुपर्छ। पोषण, सक्रिय जीवन, निद्राजस्ता कुरामा ध्यान दिए शरीरको क्षयीकरणलाई सुस्त बनाउन सकिन्छ।


उनले भने, 'बुढेसकालमा हुने पुनर्विवाहलाई राम्रो मानिँदैन, तर यो समयमा तनावरहित प्रेम हुन्छ, बुढेसकालमा एक्लै नबस्नु नै राम्रो।' स्वस्थ जीवनशैली नबाँच्नेहरूमा सम्बन्धविच्छेदका घटनाहरू बढी देखिन्छन्। स्वास्थ्य खराब भएकै कारण कति सम्बन्ध टुटेका छन्।

श्रीमान् श्रीमतीले एकअर्काको स्वास्थ्यलाई राम्रो बनाउन सहयोग गर्दा आफ्नै स्वास्थ्य राम्रो भइरहेको हुन्छ। यही जीवनशैलीले बुढेसकाललाई सुन्दर बनाउन सहयोग गर्छ। त्यसैले उनी भन्छन्, 'मानिस माया साट्न चाहन्छ, छिटो जाने भए एक्लै जानुस्, लामो दूरी पार गर्नुछ भने साथीसँग हिँड्नुस्।'

नेपालमा सामाजिक जीवन बाँच्ने शैली सकारात्मक छ। तर बूढाबूढीलाई हेर्ने दृष्टिकोण राम्रो छैन। बूढाबूढीमा सुन्दरता कमैले देख्छन्। डेढ वर्ष लगाएर तयार पारिएको पुस्तकमार्फत उनले भन्न खोजेका छन्, 'सुन्दरता उमेरसँग सम्बन्धित हुँदैन, यो मेन्टेन गर्ने कुरा हो।'

नेपालयले प्रकाशन गरेको पुस्तक शनिबार राजधानीमा सार्वजनिक गरिँदैछ। उनको अघिल्लो पुस्तक 'जीवन जिउने काइदा' पाठकले धेरै रुचाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.