जापानिजबाट यसरी ठगिए भूकम्पपीडित

जापानिजबाट यसरी ठगिए भूकम्पपीडित

काठमाडौं: भूकम्पपीडितहरुलाई जापान लैजाने भन्दै ठगी गरेको अभियोगमा एक जापानी नागरिक र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

भूकम्पपीडितहरुलाई जापान लाने भन्दै लाखौं ठगी गरेको अभियोगमा जापानिज नागरिक हिरोसी मोरिकावा र काठमाडौं मनपा-२ लाजिम्पाट बस्ने ५० वर्षीय नेपाली नागरिक बज्र गुरुङ रहेका छन् ।

जापानमा पासोना मल्टिनेश्नल कम्पनीमा जागिर मिलाइदिने भन्दै उनीहरुले गोरखा घर भएकभा जनकराज ढकालसहित १२ जनाबाट ११ लाख रुपैयाँ ३० हजार रुपैयाँ लिएर फरार भएपछि पीडितहरु प्रहरीको शरणमा पुगेका थिए ।

प्रतिब्यक्ति आठ लाख रुपैयाँ जापानमा मासिक तीनदेखि चार लाख रुपैयाँसम्म कमाई हुने भन्दै अग्रिम भुक्तानीस्वरु ११ लाख ३० हजार रुपैयाँ लिएर फरार उनीहरुलाई न्युरोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

पीडितहरुको उजुरी अपराध महाशाखामा परेपछि खटिएको विशेष टोलीले ठगी गरेर भागेका हिरोसि मोरिकवा र बज्र गुरुङ्गलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका जापानिज नागरिकसँग उनको देशको राहदानी समेत नभएको खुलेको छ ।

ठगीमा संलग्न जापानिज नागरिक मोरिकावाले डी-इम्मान्युल कन्सल्ट्यान्सीको सीईओक परिचय दिँदै ठगी गरेका थिए भने बज्रले त्यही कन्सल्ट्यान्सीको निर्देशक भएको परिचय दिने गरेका थिए ।

 

प्रहरीले अनुसन्धान गर्ने क्रममा हिरोसीसँग जापान फ्युचर सिटी इन्टियाटिभको प्रतिनिधिको कार्ड भेटिएको छ । उनले सोही कार्ड देखाएर ठगी गर्दै आएको खुलेको छ ।

उनीहरुले भूकम्पपीडितहरुको भूकम्पप्रतिरोधी घर बनाईदिने भन्दै दोलखाको सिंगटीमा भूकम्पप्रतिरोधी घर निर्माणको तालिम समेत चलाएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

सोही तालिममा लिएका भूकम्पपीडितहरुलाई सजिलै जापान पुर्‍याइदिने प्रलोभनमा पारेर ठूलोमात्रामा रकम लिएर हिँडेपछि प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीले उनीहरुबाट अन्य सर्वसाधरण पनि ठगिएको हुनसक्ने जनाउँदै अनुसन्धानको दायरा फराकिलो बनाएर छानबिन भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.