डिलिट भएको डाटा यसरी फिर्ता ल्याउनुस्
प्रविधिको विकासले हरेक व्यक्तिको हातहातमा संसारभरका सूचना निहित छ। यसलाई सम्भव बनाएको छ, एन्ड्रोइड स्मार्टफोनले।
यस्तो फोनमा आफूले चाहेका महत्वपूर्ण जानकारीहरू संग्रह गर्न पनि सकिन्छ। तर कहिलेकाहीँ स्मार्टफोनमा होस् वा कम्प्युटरमा, त्यस्ता महत्वपूर्ण डाटा अञ्जानमा डिलिट पनि हुनसक्छ । यसरी डिलिट भएको डाटा एवं फाइलहरू पुन: प्राप्त गर्न सकिन्छ।
डिलिट भएको रिकभर गर्नेबारे यहाँ चर्चा गरिएको छ :
१. डिलिट भएको डाटा रिकभर गर्न सबभन्दा पहिले आफ्नो कम्प्युटरमा रेकुभा (Recuva)सफ्टवेयर डाउनलोड गर्नुपर्छ । यो सफ्टवेयर इन्स्टल गर्दा ध्यान दिन आवश्यक छ किनकि यसले कम्प्युटरलाई सुस्त बनाउन सक्छ।
२. डिलिट भएको डाटा रिकभर गर्ने सफ्टवेयरका दुई भर्सन छन्। एउटा नि:शुल्क उपलब्ध हुन्छ भने अर्को इन्टरनेटमार्फत कम्तीमा २४ डलरसम्ममा किन्न सकिन्छ। कुनैकुनै अवसरमा यो सफ्टवेयर नि:शुल्क प्राप्त गर्न पनि सकिन्छ। तर, नि:शुल्क डाउनलोड गरिएको भन्दा खरिद गरिएको सफ्टवेयर शतप्रतिशत भरपर्दो हुन्छ।
३. डिलिट भएको डाटा रिकभर गर्न रेकुभा सफ्टवेयर खोलेपछि फोटो, भिडियो, म्युजिक, फाइललगायत विभिन्न अप्सन आउँछन्; जसमा कुनचाहिँ डिलिट भएको हो त्यो अप्सन छान्नुपर्छ।
४. डिलिट भएको फाइलको नाम थाहा छैन भने अल फाइलमा सेलेक्ट गर्नुपर्छ । त्यसपछि डिस्कमा सेलेक्ट गर्नुपर्छ । अर्थात् इन स्पेसिफिक लोकेसनमा मेमोरी कार्ड सेलेक्ट गर्नुपर्छ।
५. मेमोरी कार्ड सेलेक्ट गरेपछि नेक्स्ट अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि तुरुन्त स्क्यान सुरु हुन्छ । स्क्यान सुरु भएपछि आफूले गुमाएका डाटाहरू क्रमश: फिर्ता हुन थाल्छ।