विराटनगरबाट पनि तीनजना डाक्टर पक्राउ

विराटनगरबाट पनि तीनजना डाक्टर पक्राउ

विराटनगरः प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को टोलीले विराटनगरका तीनजना चिकित्सकलाई पक्राउ गरेको छ ।

लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर जावेद अन्सारी, वरिष्ठ बालरोग विशेषज्ञ सञ्जयकुमार दास र ट्रमा सेन्टरका महमुद अब्दुल आलमलाई पक्राऊ गरिएको हो ।

पक्राउ परेका तीनैजना चिकित्सकलाई काठमामाडौं लगिएको छ । चिकित्सक पक्राउबारे बुझ्न टेलिफोन सम्पर्क गर्दा ब्यूरोका डिआइजी नवराज सिलवालले टेलिफोन उठाएनन् ।

प्रहरीले नक्कली शैक्षिक प्रमाण पेश गरी कार्यरत रहेको आरोपमा डाक्टरलाई पक्राउ गरेको बताइएको छ । डाक्टर समाउन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको टोली विराटनगर आएको थियो ।

गत माघमा पनि ब्यरोले देभभरबाट बाह्रजना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी चिकित्सा विज्ञान पास गरेको आरोपमा पक्राउ गरेको थियो ।

त्यसबेला पक्राऊ परेका चिकित्सकले एसएलसी तथा प्रमाण पत्र तहको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको र नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी त्यसकै आधारमा नेपाल मेडिकल काउन्सिलको प्रमाण लिएको ब्यरोले दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.