बँदेलको आक्रमणमा तीन गम्भीर घाइते

बँदेलको आक्रमणमा तीन गम्भीर घाइते

शिवराज खत्री
अछामः बँदेलको आक्रमणबाट अछाममा तीनजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान बँदेलको आक्रमणबाट मंगलसैन नगरपालिका-१० जुपुका ६० बर्षीय मानबहादुर बाग्पाल, २६ बर्षीय बमबहादुर रावल तथा कञ्चनपुर गुलरियाका ४८ बर्षीय पल्टुराम चौधरी घाइते भएका हुन् ।

मानबहादुर र पल्टुरामलाई बढी चोट लागेको र रावललाई भने उनीहरु भन्दा कम चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको मंगलसेनमा उपचार सम्भव नभएपछि बयालपाटा अस्पताल रिफर गरेको जिल्ला अस्पताल अछामले जनाएको छ ।

घाइतेको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । जंगलबाट आएर बँदेल स्थानीय प्रेम रावलको गोठमा पसेर राँगालाई घाइते बनाएपछि बँदेललाई लखेटने क्रममा आक्रमण गरेर उनीहरुलाई घाइते भएको स्थानीय नेत्र रावलले बताए ।

बँदेलले आक्रमण गरे लगत्तै मंगलसैन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब निरीक्षक डम्बरबहादुर मल्लको नेतृत्वमा गएको टोलीले घाइतेलाई जिल्ला अस्पताल लगेको थियो । तीनजना घाइते बनाउँने बँदेललाई स्थानीयले घरेलु हतियार, ढुंगा र काठले कुटेर मारेका छन् ।

मारेको बँदेललाई लिल्ला वन कार्यालयको टोली गएर मुचुल्का गरी गाडेको अछामका प्रहरी प्रमुख निरंञ्जन दत्तभट्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.