घाइते यार्सा संकलकको हेलिकोप्टरबाट उद्धार

घाइते यार्सा संकलकको हेलिकोप्टरबाट उद्धार

मुगुः दुर्लभ जडिबुटी यार्सागुम्बा संकलनका क्रममा लुटेरा समूहको गोली लागेर घाइते भएका तीनजनालाई सिम्रिक एयरको हेलिकोप्टरले शुक्रबार उद्धार गरी सदरमुकाम गमगढी ल्याएको छ ।

जिल्लाको पुर्वी–उत्तर क्षेत्रमा डाकाहरुले मंगलबार राति साढे ११ बजे यार्सा संकलकहरुका पालमा गएर लुटपाट मच्चाएपछि गोली प्रहार गर्दा घाइते भएका तीनजलाई क्याप्टेन सुरेन्द्र पौडेलको टोलीले उद्धार गरी ल्याएको सिम्रिकका प्रमुख प्रवन्धक दिलबहादुर ओलीले बताए ।

गोली हान्नेको प्रतिकार गर्न खोज्दा घाइते भएका मुगुको माँग्री गाविस–५ निवासी २४ वषीएय कार्मा आँग्याल लामाको मृत्यु भएको थियो ।

घटनामा घाइते भएका माँग्री गाविस–५ का २४ वर्षीय कार्मा तार्के लामा, २८ वर्षका पेमा नोर्बु लामा र २४ वर्षका कार्मा नोरगेल लामालाई सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेपछि उनीहरुको सदरमुकाममा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्थानीय चिकित्सकले घाइतेहरुलाई जिल्लामै उपचार गर्न सक्ने जनाएपछि उनीहरुलाई गमगढीमा छाडेर हेलिकोप्टर फर्किएको छ ।

घाइतेहरुलाई हुम्लाबाट आएर बिहीबारै उद्धार गर्ने कोशिस भएपनि हिमपात हुने उच्च भागमा मौसम बिग्रेपछि उद्धार प्रयास सफल भएको थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.