श्रम स्वीकृति अब दूतावासबाटै

श्रम स्वीकृति अब दूतावासबाटै

नवराज ढकाल
काठमाडौं: सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको पुनः श्रम स्वीकृति अब सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासबाट गर्ने भएको छ ।

हाल विदेशमा काम गरिरहेकाहरूले करार अवधि सकिएपछि पनि सोही मुलुकमा फेरि अर्को अवधि काम गर्न चाहेमा नेपालमा आएर पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ । यो व्यवस्थाले कामदारको लागत खर्च ह्वात्तै बढ्न गएकाले सम्बन्धित मुलुककै दूतावासबाट स्वीकृति दिने तयारी थालिएको हो ।

सामान्यतय : एकपटकमा दुई वर्षको करार गरी श्रम स्वीकृति दिने चलन छ । केही मुलुकमा तीन वर्षका लागि पनि स्वीकृति दिने गरिएको छ । तर दक्षिण कोरियामा जानेको करार अवधि भने चार वर्ष १० महिना हुन्छ ।

पुनः श्रम स्वीकृति सम्बन्धित देशमै रहेका नियोगबाट दिने व्यवस्था कार्यान्वयन गर्न अहिले परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलगायतका अन्य सरोकारवाला निकायले गृहकार्य थालेको छ । यसका लागि सम्बद्ध मन्त्रालयका उच्चअधिकारी सम्मिलित कमिटिसमेत गठन भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले पुनः श्रम स्वीकृति नेपाली कामदार रहेकै मुलुकका कूटनीतिक नियोगबाट दिन अध्ययन थालिएको जानकारी दिए । ‘निर्णय भइसकेको छैन, अध्ययनकै क्रममा छौं’, उनले भने । श्रम स्वीकृति लिनैका लागि नेपाल आउनुपर्दा कामदारलाई आर्थिक भार परेकाले यसमा सहजीकरण गर्न लागिएको उनको भनाइ छ ।

विशेषगरी, मलेसिया र खाडी मुलुकबाट प्रत्येक महिना हजारौं जना कामदार दोहोर्‍याएर श्रम स्वीकृति लिनैका लागि स्वदेश फिर्ता भइरहेका छन् । यसबाट जाने आउने समय मिलाउन धेरैलाई कठिनाइ भइरहेको छ । यसैगरी, टिकट खर्चमा कामदारको ठूलो रकम खर्च हुन्छ ।

मासिक ३० हजार हाराहारीमा कमाउने कामदारको टिकट खर्चमा अनावश्यक खर्च हुनबाट जोगाउन सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मको १० महिना अवधिमा पुनः श्रम स्वीकृति लिनैका लागि दुई लाख नौ सय ३७ जना कामदार नेपाल आएका छन् । यहाँ आएर वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएपछि मात्र उनीहरू काममा फर्किन पाउँछन् ।

सरकारी तथ्यांकअनुसार चालू आवमा एक लाख ८९ हजार पुरूष र ११ हजार चार सय २७ जना महिला कामदारले नेपाल आएर फेरि श्रम स्वीकृति लिएका हुन् । गएको वैशाख महिनामा मात्रै कुल २२ हजार एक सय ८२ जना कामदारले पुनः श्रम स्वीकृति लिएर गएका छन् ।

आव २०७२/७३ वैशाखसम्म पुनः श्रम स्वीकृति लिनेको अवस्था

महिना         संख्या
साउन       १३,५५३
भदौ         १२,७५२
असोज       १५,०७०
कात्तिक      १७,६२४
मंसिर        २९,६३१
पुस         २४,७८४
माघ         १९,८७१
फागुन        २१,७६९
चैत          २३,७०१
वैशाख        २२,१८२
स्रोतः वैदेशिक रोजगार विभाग


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.