एसएलसीमा न्युन ग्रेड आएपछि सुनिताबाट आत्महत्या

एसएलसीमा न्युन ग्रेड आएपछि सुनिताबाट आत्महत्या

बझाङः एसएलसी नतिजा आएले कतै खुसी कतै निराश बनाइरहेका बेला बझाङमा एक छात्राले झुन्डिएर आत्महत्या गरेकी छन् ।

एसएलसी नतिजामा ‘न्यून ग्रेड’ आएपछि निराश भएर पिपलकोट गाविस–१ घर भइ स्थानीय कन्या मावि बटुलसेरा बुङ्गलमा अध्ययनरत सुनिता भण्डारीले बिहीबार राति आत्महत्या गरेकी हुन् ।

०७०२५२० जेड सिम्बोल नम्बर भएकी १७ वर्षीया भण्डारीले डी प्लस १ दशमलव ३० जिपीए ग्रेड ल्याएकी थिइन् ।

एसएलसीको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड आएको भन्दै निराश भएकी सुनिताले सोही राति गाँउ नजिकैको रुखमा झुन्डेर आत्महत्या गरेकी स्थानीय शिक्षक अक्कल कुँवरले बताए ।

पढाईमा अब्बल रहेकी सुनिता ग्रेड कम आएपछि मृत्यु रोज्न पुगेकी स्थानीयको भनाइ छ । बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनिताले एसएलसीमा ग्रेडकम आएको दुःखमा आत्महत्या गरेको खवर आएको बताए ।

शव पोष्टमाटमका लागि आज प्राथमिक स्वाथ्थ्य केन्द्र रायल ल्याइएको उनले जानकारी दिए । उक्त विद्यालयबाट ४६ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.