आईसीटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० छानिए

आईसीटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० छानिए

काठमाडौं: आईसीटी स्टार्टअप अवार्ड २०१६ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन्।

यो सँगै उत्कृष्ट चार कम्पनी घोषणाका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु भएको छ।

लिभिङ विथ आईसीटीको आयोजनामा हुन लागेको यस अवार्डका लागि आइतबार उत्कृष्ट १० कम्पनी छानिएका हुन्।

उत्कृष्ट १० कम्पनीमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, मन्त्र आइडिया, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेको आयोजकले जनाएको छ।

 

अन्तिम चारको घोषणा असार ८ गते आयोजना हुने लिभिङ विथ आईसीटीको चौथो वार्षिकोत्सवको अवसरमा हुनेछ।

उत्कृष्ट चारको निर्णय निर्णायक मण्डलका तर्फबाट प्राप्त अंक र अनलाइन तथा एसएमएस मतलाई आधार मानेर गरिनेछ।

अनलाइन तथा एसएमएस भोटिङ सोमबारबाट सुरु भएको र यसको अवधि तीन दिनमात्र रहनेछ।

एसएमएसका लागि इच्छुकले मोबाइलको म्यासेज बक्समा गई क्यापिटलमा 'आईसीटी' लेखी एक स्पेस दिएर सानो अक्षरमा ‘अवार्ड’ टाइप गरी आफूले भोट गर्ने कम्पनीको कोड नम्बर लेखी ३२२०० मा एसएमएस गर्न सक्नेछन्।

अनलाइनबाट भोटिङ गर्न अवार्ड डट लिभिङविथआईसीटी डट कम÷पोलमा गएर ‘क्लिक टु भोट’ बाट मन पर्ने कम्पनीलाई भोट गर्नसक्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.