हवाई भाडा बढ्दै

हवाई भाडा बढ्दै

काठमाडौं: आन्तरिक वायुसेवा कम्पनीको हवाई भाडा ५० देखि सत्प्रतिशतसम्म बढाउने तयारी भएको छ।

सरकारले ६ वर्षदेखि नबढेको हवाई भाडा बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलको संयोजकत्वमा गठन गरेको सात सदस्यीय हवाई भाडा पुनरावलोकन समितिले यस्तो सुझाव दिएको छ।

समितिले हवाई भाडा पुनरावोलकन गर्न सक्ने आधार र अवस्थाको बारेमा अध्यययन गरेर प्राधिकरणसमक्ष प्रतिवेदन पेस गरेको छ।

यो प्रतिवेदनलाई प्राधिकरण बैठकले स्वीकृत गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्नेछ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिएपछि हवाई भाडा पुनरावलोकन हुने भएको छ।

आन्तरिक वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार २०६७ सालयता नबढेको हवाई भाडा बजार भाउ तथा नेपाल राष्ट्र बैंकले जारी गर्ने मुद्रा स्फीति दर हेरेर पुनरावलोकन हुने हो।

अहिलेको अवस्थामा हवाई भाडा बढाउनुपर्ने भन्दै पुनरावालोकन समितिले सिफारिस गरेको हो। कति बढेर आउँछ भन्ने विषयमा भने मन्त्रालयले निर्णय नगरेसम्म पर्खनुपर्ने आचार्यको भनाइ छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पनि बजार भाउ वार्षिक १० प्रतिशतले पनि विगत पाँच वर्षमा ५० प्रतिशत पुगेकोले पनि हवाई भाडा कम्तीमा ५० देखि शत प्रतिशसम्म नै बढाउनु सिफारिस भएको हो। 

हाल नियमति उडानका विभिन्न गन्तव्यमध्ये काठमाडौंबाट नजिकको गन्तव्य सीमराका लागि १५ सय र टाढाको गन्तव्य धनगढीको हवाई भाडा ६ हजार सात सय रुपैयाँ छ। 

तर, यस्तो भाडा सबै गन्तव्यमा सत्प्रतिशत भने होइन। थोरै भाडा भएका कुनै कुनै गन्तव्यमा सत्प्रतिशतको सिफारिस हुँदैमा समग्र भाडादर नबढने वायुसेवा कम्पनीको भनाइ छ।

 

वायुसेवा कम्पनीले लिँदै आएको समग्र हवाई भाडामा इन्धनको मूल्य र हवाई भाडा छुट्टाछुट्टै हिसाब गरिएको हुन्छ। यात्रुले भाडा तिर्दा एकमुष्ट तिर्ने भए पनि सरकारले अहिले बढाउने भाडा भने इन्धन सरचार्ज बाहेकको हवाई भाडा मात्रै हो।

यो हवाई भाडा गन्तव्य अनुसार सत्प्रतिशत बढाउँदा अहिलेको इन्धनको मूल्यसँग जोड्दा यात्रुले भने ५० प्रतिशतसम्म बढेको महसुस हुने वायुसेवा कम्पनिको भनाइ छ।

सरकारले लामो दुरी र छाटो दुरीका हवाई भाडा न्युनतम र अधिकतम सीमा तोकेर बढाउने गरेको छ। वायुसेवा कम्पनीले लिन पाउने न्यूनतम सीमाको यस्तो हवाई भाडा ५० देखि सत्प्रतिशत बढ्ने स्रोतको बुझाइ छ।

समितिले दिएको सुझाव पूर्णरूपमा कार्यान्वय भए यो हवाई भाडा बढ्ने हो। मन्त्रालयले आफैंले प्रतिशत तोकेर पनि हवाई भाडा बढाउने अनुमति दिन सक्ने भएकोले सबै गन्तव्यमा यति नै बढ्न भनेर भन्न नसकिने पनि वायुसेवा कम्पनीको बुझाइ छ।

सरकारले आन्तरिक वायुसेवलाई यस अघि २०६७ सालको माघ १९ मा अधिकतम र न्यूनतम भाडादर तोकिएको थियो। सोही हवाई भाडादर अहिलेसम्म कायम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

बेला बेलामा हरेक पटक इन्धनको मूल्य बढेसँगै बढ्ने गरेको हवाई भाडा भने इन्धनको शुल्क मात्रै हो। सरकारले ६ वर्ष अघिदेखि इन्धनको मूल्यमा चार रुपैयाँभन्दा बढी बढेमा इन्धन शुल्क बढाउने अनुमति वायुसेवा कम्पनीलाई दिएको छ।

यही इन्धन शुल्क बढाउँदा हवाई भाडा बढ्ने र घटाउँदा घट्ने पनि गरेको छ। सरकारले इन्धमा शुल्क बढाउँदा वायुसेवा कम्पनीले पनि हवाई भाडा इन्धन शुल्कका नाममा बढाउने र घट्दा घटाउने गरेका छन्।

सरकारले ०६७ सालमा कुनै एक गन्तव्यका लागि भाडाको निश्चित बिन्दु तोकेर त्यसको ४० प्रतिशतसम्म बढी वा कम भाडा लिन सकिने प्रावधान राखेको थियो। तर, अहिले सबै वायुसेवाले अधिकतम बिन्दुसम्म पु‍र्याएर भाडा लिँदा महँगी र डलरको भाउ बढेका कारण हवाई सेवा सञ्चालन गर्न लाग्ने खर्च बढेको भन्दै हवाई भाडा बढाउने तयारी भएको हो।

हाल नियमति उडानका विभिन्न गन्तव्यमध्ये काठमाडौंबाट नजिकको गन्तव्य सीमराका लागि १५ सय र टाढाको गन्तव्य धनगढीको हवाई भाडा ६ हजार सात सय रुपैयाँ छ। यो भाडामा वायुसेवा कम्पनीले जोड्ने इन्धनको शुल्क बाहेक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.