यस्तो देखियो रमजानमा मुस्लिम समुदायको ब्रत (फोटो फिचर)

यस्तो देखियो रमजानमा मुस्लिम समुदायको ब्रत (फोटो फिचर)

काठमाडौं: मुस्लिम समुदायको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजानको ११ औ दिन इस्लाम धर्मावलम्बीहरुले रोजा (ब्रत) बसेर प्रार्थना गरेका छन्।

राजधानीको कास्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरुले कुरानलाई स्मरण गर्दै प्रार्थना गरेका हुन्।

इद आउन १९ दिन बाँकी हुँदा इस्लाम धर्मावलम्बीहरुले रमजानको रोजा (ब्रत) नियमित बस्ने गरेको रोजा बसिरहेकी नूरसमा खानले अन्ननपूर्ण अनलाइनलाई बताइन्।

उनले भनिन्, 'रमजान हाम्रो लागि महान पर्व हो, रमजनामा हामी कडा रुपमा रोजा(ब्रत) बस्छौ। आफ्नो इस्ट देवताको नियममा रहेर प्रार्थना गर्छौ।'

उनले रोजा बस्दा दिनमा ५ पटक जति पढ्ने, गरिब दुखीलाई दान दिने, लगायतका धर्म ब्रतालुले गर्ने गरेको बताइन्।

उनका अनुसार रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन्।

 

रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन्।

अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने गरेको उनले बताइन्।

रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन्।

तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउँछन्।

एकले अर्कोलाई अँगालो मारेर इद मुवारक एवम् बधाई साटासाट गरी घरमा गएर मीठो-मीठो खानेकुरा खाने गर्छन्। यो क्रम तीन दिनसम्म चल्ने गर्छ। यो वर्षको रमजान गत जेठ २५ गते सुरु भएको थियो।

तस्बिरहरु: दिनेशविक्रम शाह


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.