टर्कीलाई हराउँदै स्पेन अन्तिम १६ मा
काठमाडौंः पूर्वविजेता स्पेन टर्कीलाई पराजित गर्दै फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ ।
युभेन्ट्सका स्ट्राइकर अल्भारो मोराटा चम्किएपछि स्पेनले टर्कीलाई ३–० ले पराजित गर्दै समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्न सफल भएको हो ।
पूर्वविजेताको दोस्रो जितका लागि खेलको ३४ औं मिनेटमा निलिटोको पासमा मोराटाले पहिलो गोल गरे । उनले अग्रता दिलाएको तीन मिनेट नबित्दै निलिटोेले गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा अग्रता तेब्बर बनायो । खेलको ४८ औं मिनेटमा जोर्डी अल्बाको पासमा मोराटाले नै गोल गर्दै स्पेनलाई अन्तिम १६ मा पुर्याउन सफल भए ।
चेक रिपब्लिक र टर्कीलाई हराएको स्पेनले ६ अंक बटुलेको छ । यो समूहमा क्रोएसिया र चेक रिपब्लिकको समान १–१ अंक छ भने दुई खेल हारेको टर्की अंकबिहीन छ ।
प्रतिक्रिया दिनुहोस !
५