माटोका भाँडा बेचेर छोरालाई इन्जिनियर

माटोका भाँडा बेचेर छोरालाई इन्जिनियर

सिरहा: माटोका भाँडा बेचेर कमाइ भएको पैसाले छेरोलाई सबइन्जिनियर पढाएको सुन्दा धेरैलाई पत्याउन गाह्रो होला।

सिरहा दक्षिणवर्ती सुखीपुर १ बस्ने ४५ वर्षीय रामबहादुर पण्डित (कुम्हार) माटोका सामग्री बनाई गाँउकै बजारमा बिक्रीबाट आएको आम्दानीले छोरालाई सबइन्जिनियर पढाउन सफल भएका छन्।

धनी छिमेकीले पैसा कमाउन छोरालाई विदेश पठाएका छन् तर तीन कट्ठा मात्र जग्गा रहेका रामबहादुरले माटोका भाँडा बिक्री गरेर छोरालाई सबइन्जिनियर पढाएका छन्।

रामबहादुरले भने, ‘पूर्वाअञ्चल इन्जियरिङ क्याम्पस धरानबाट छोरो अभिनन्दन पण्डित पहिलो श्रेणीमा सबइन्जियरमा पास भएर आएपछि एकदमै खुसी लाग्यो।'
आफू चार वर्षकै उमेरदेखि बुबालाई माटोका सामग्री बनाउने कार्यमा सघाउँदा सघाउँदै सिप सिकेको रामबहादुरले बताए।

 

बाआमाको आर्थिक अवस्था पनि जर्जर रहेका कारण हातमुख जोर्न माटोका सामग्री बनाउनुबाहेक अर्को विकल्प नरहेकाले आफूले पढ्न नपाए पनि छोरोलाई पढाउन पाएकोमा एकदमै खुसी लागेको उनले बताए।

उनले भने, 'सोह्र वर्षको उमेरमा बाआमाले भारतकी एक कन्यासगँ बिहे गरी दिएपछि आफूमाथि परिवारको जिम्मेवारी थपियो। परिवारमा चार भाइ, त्यसमा पनि म स्वास्थ्यको दृष्टिले एकदमै कमजोर।

बेलैमा भाइहरू अलग भए । मेरो छोरो अभिनन्दन त्यो बेला कक्षा ३ मा पढ्दै थियो। दाइका छोराहरू कमाउने उमेरका भएकोले कुनै चिन्ता थिएन। त्यसबेला मेरो आर्थिक अवस्था निकै कमजोर थियो। मैले श्रीमतीसँग सल्लाह गरेर माटोको पेसा सुरु गर्ने निर्णय गरें।'

माटोका सामग्री बनाउन एक्लै कठिन हुने भइकाले उनले श्रीमतीको सहयोगले पेसालाई निरन्तरता दिएर छोरालाई इन्जिनियर पढाएका हुन्। आफू दैनिक माटोका सामग्री बनाउन व्यस्त हुने र श्रीमती नजिकको हाट बजारमा पसल थापेर सामग्री बेच्दै आएकाले खासै समस्या नभएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.