पेनाल्टीमा पेरुको दुर्भाग्य, कोलम्बिया सेमिफाइनलमा

पेनाल्टीमा पेरुको दुर्भाग्य, कोलम्बिया सेमिफाइनलमा


काठमाडौंः कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको खेलमा ब्राजिललाई पराजित गरेको पेरु सेमिफाइनल प्रवेशका लागि भएको खेलमा कोलम्बियासँग पराजित भएको छ ।

अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत बिहान भएको क्वार्टरफाइनल भिडन्तमा पेरु कोलम्बियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको हो ।

न्यू जर्सीमा निर्धारित ९० मिनेट र थपिएको समयमा पनि दुबै देशले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट हारजितको छिनोफानो गरिएको थियो ।

कोलम्बियालाई सन् २००४ यता पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुर्याउने क्रममा जेम्स रोड्रिग्वेज, जुआन क्योडार्डो, ड्यारो मोरेनो र सेबास्टियन पेरेजले पेनाल्टीलाई गोलमा परिणत गरे ।

कोलम्बियाको जितमा उसका गोलकिपर डेभिड ओस्पिना नायक बने । उनले पेरुका मिग्वेल ट्रायुकाको प्रहारलाई प्रहारलाई खुट्टाले उत्कृष्ट बचाउ गरे । त्यसअघि पेरुका क्रिश्टियन क्युएभाको प्रहार पोस्टको बारमाथिबाट बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.