जोमसोममा बल्यो हावाबाट विजुली

जोमसोममा बल्यो हावाबाट विजुली

मुस्ताङः जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।

बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ ।

मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए ।

मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ ।


“अहिले हामीले परीक्षणका रुपमा उत्पादन गरिरहेका छौँ, ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना छ,” कम्पनीका निर्देशक तिमिल्सिनाले भने, “एक महिनापछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछौं ।”

एक अध्ययनअनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।

सोहीअनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ । यसअघि मुस्ताङकै कागबेनीमा हावाबाट बिजुली उत्पादन गरिए पनि कमजोर व्यवस्थापनका कारण छ महिनामै जीर्ण बनेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.