एक गाग्री पानी लिन दुई घन्टाको बाटो

एक गाग्री पानी लिन दुई घन्टाको बाटो

पाल्पाः सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् ।

विश्वकर्मा समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना सुनारका अनुसार अहिले दुई–तीन घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।

“डाँडामा बस्ती भएकाले पानीको समस्या नै थियो, यसपालि लामो खडेरीले गाउँका मुहान सुकेका छन्, जुकेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता छ,” बीना सुनारले भनिन् ।

“रित्तो गाग्रो बोकेर ओरालो बाटो जानुपर्छ, पानी भरिएको गाग्रो बोकेर उकालो हिँड्नु पर्दा निकै समस्या हुने गर्छ,” सुनारले भनिन् ।


बस्ती नजिकैको खानेपानी मुहान सुकेर एक गाग्रो पानीलाई एक रात बिताउँदै आएको स्थानीयवासीको भनाइ छ । जिल्ला सदरमुकाम तानसेन नपा, मुझुङ, सोमादी, छहरा, भुवनपोखरी, भैरवस्थानलगायत दर्जनौँ गाविसमा पानीको निकै समस्या रहेको छ ।

खानेपानीको मुहान सुक्दा घर तथा गोठ निर्माणमा समेत पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । झन्डै ३०÷४० घर भएको यो बस्तीमा पानीलगायत आधारभूत आवश्यकताका अभावमा बर्सेनि गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । छ घर परिवार गाउँबाट विस्थापित भई तराई सरेका हुन् ।

सोमादी गाविस–५ का स्थानीय बासिन्दा राजेन्द्र विश्वकर्मा गाउँमा आधारभूत आवश्यकता परिपूर्ति नहुँदा विस्थापितको सङ्ख्या बढेको छ ।

खानेपानी र सडक विस्तारका लागि पहल भइरहेको र आगामी आर्थिक वर्षभित्र स्थानीय बासिन्दाको पहुँच खानेपानी र सडकमा पुग्ने उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.