हचुवाको भरमा बोलेर निर्वाचन हुँदैन: नेता सिंह

हचुवाको भरमा बोलेर निर्वाचन हुँदैन: नेता सिंह


काठमाडौंः  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमति नगरी हचुवाका भरमा निर्वाचनमा जान नहुने बताएका छन् ।

नेपाली कांग्रेस  नागार्जुन नगर समितिले आयोजना गरेको कायक्रममा बोल्दै नेता सिंहले सरकारले प्रमुख प्रतिपक्षी दलसँग राजनीतिक सहमति नगरी हचुवाको भरमा निर्वाचन हुन नसक्ने बताएका हुन् ।

ओली सरकारको यस्तो हेपाहा प्रवृत्तिविरुद्ध पार्टीभित्र गम्भीरता साथ छलफल गरेर अघिबढ्ने समेत उनको भनाइ थियो ।

सरकार सत्ता टिकाउन हचुवाको भरमा निर्वाचनको नारा दिएर मुलुकमा राजनीतिक सहमतिको बाधक बनिरहेको समेत उनले आरोप लगाए ।

कांग्रेस सबैभन्दा बढी चुनावको पक्षमा रहेको बताउँदै उनले प्रमुख प्रतिपक्षी  कांग्रेससँग कुनै छलफल नगरी यकलौटीरुपमा चुनाव गरेर देखाउन सरकारलाई चुनौती समेत दिए ।

भूकम्पपीडितका नाममा समेत राजनीति गरेर वास्तविक पीडितहरुलाई राहात र पुनर्वासको कुरामा पक्षपात गरिरहेकाले यसलाई कांग्रेसले कडारुपमा उठाउने उनको भनाइ थियो ।

सरकार काम भन्दा कुराको भुलभुलैयामा पारेर मुलुकलाई अस्थिरतामा लान उद्यत रहेको आरोप पनि उनले लगाए । राजनीति सहमति जुटाएर सहमतिकासाथ अघि बढ्नुपर्नेमा एकलौटीरुपमा चलेकाले सहमतिको वातावरण बनाएर मुलुकलाई निकास दिन उनले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.