पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३:४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

चन्डिभञ्ज्याङ गाविस–५ स्थित चारकिलो भन्ने ठाउँमा सडक माथिबाट झन्डै २०० मिटर फराकिलो पहिरो झरेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

शुक्रबार साँझ ७ बजे पनि सोही स्थानमा खसेको पहिरो राति ११ बजे पन्छाएपछि यातायात सञ्चालन भएको थियो ।

मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आज दिनभर दुईवटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाएको हो ।

पहिरो पन्छाउँदै जाने र खस्दै जाने समस्याका कारण सडक जोखिममा परेपछि मुग्लिन र नारायणगढतर्फ सुरक्षित ठाउँमा सवारी साधन रोकिएको थियो ।

पहिरोसँगै दुई वटा रुख खसिसकेका छन् भने एउटा रुख र पहिरो खस्ने जोखिममा रहेकाले जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने खतरा भने कायमै रहेको उहाँले बताउनुभयो । पहिरो ७० मिटरमाथि डाँडाबाट झरेको थियो ।

सडक विस्तार कार्य भइरहेकाले सामान्य वर्षासँगै पहिरो खस्ने हुँदा सवारी साधन र यात्रुले कष्ट व्यहोर्दै आएका छन्।

सडक बन्द भएसँगै पहिरोस्थलबाट झन्डै १४ किमी लामो सवारीको लाइन लागेको छ । मुग्लिनतर्फ फिस्लिङसम्म र नारायणगढतर्फ गाईघाटसम्म सवारीको लाम लागेको इञ्जिनियर खनालले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.