हिंसाका अनेक रुपः रेडबुल खुवाएर बलात्कार

हिंसाका अनेक रुपः रेडबुल खुवाएर बलात्कार

तोयानाथ भट्टराई


इलामः ‘झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।

‘वैशाख १२ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरियो,' इन्सेककी इलाम प्रतिनिधि कोकिला ढकालले इलाममा बढ्दो बलात्कारको घटनाको सुनाइन् ।

पछिल्ला ६ महिनामा इलाममा विभिन्न बहानामा ६ बालिका र एक महिला बलात्कारको सिकार बनेका छन् । ढकालले भनिन्, ‘यो समस्याको रुपमा मौलाउन थालेको छ ।'

उनका अनुसार सुलुबुङ गाविस-२ का २२ वर्षीय सुरेन्द्र राईमाथि फागुन १८ गते १२ वर्षीया बालिकालाई बलात्कारको आरोप लाग्यो । पीडित पक्षले उनीमाथि कारबाही माग गर्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीपछि आरोपीलाई फागुन १८ गते नै पक्राउ गरी कारबाही बढ्यो । २०७० सालयता पटक-पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेपछि राई अहिले थुनामा छन् ।  

बलात्कारको घटनामा नौ बर्षकी बालिकादेखि २५ बर्षका महिला समेत पीडित बनेको प्रहरीको विवरणमा उल्लेख छ । ९ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सुलुबुङ गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

सप्तरी औरहीका घर भइ इलाम माइमझुवा गाविसमा स्वास्थ्य चौकी इन्चार्जका रूपमा कार्यरत उमेशप्रसाद साहले २५ वर्षीया महिलालाई जेठ ५ गते यौनजन्य दुव्र्यवहार गरेको आरोपमा जेठ १२ गते पीडितले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले जेठ १२ गते नै साहविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाए पनि आरोपित अझै फरार छन् ।

इलामको चमैतामा विवाह गर्ने बहानामा ललाईफकाई १७ वर्षीया बालिकालाई चमैता–८ का २८ वर्षीय मञ्जिल राईले  बलात्कार गरेको इन्सिेक प्रतिनिधि ढकालले जानकारी दिइन् । ‘जेठ २७ गते विवाह गरौं भनी फकाएर लिएर हिँडेका राईले एक घरमा बास बस्न डेरा मागी सोही स्थानमा बलात्कार गरेको प्रहरीको भनाइ छ,' ढकालले भनिन् ।

हाड नातामै बलात्कार
वैशाख १६ गते शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए ।

प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले जेठ १६ गते राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।

जेठ ३२ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको सुनुवाई गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको छ । यस्तै, हाडनाता करणीसम्बन्धी मुद्दामा राईविरुद्ध जबर्जस्ती करणी महलको २ नम्बर बमोजिम हाडनाता करणीको ३ (१) मा व्यवस्था भएअनुसार थप ६ महिना कैद र ५० हजार रुपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउनेगरी फैसला गरेको ढकालले जानकारी दिइन् ।


रेडबुल खुवाएर बलात्कार
इलामकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सप्तरी राजविराजका २३ वर्षीय मञ्जेसकुमार दासलाई प्रहरीले गिरफ्तार गर्यो । जेठ १६ गते उपचार गराउन भन्दै घरबाट हिँडेकी ती बालिकालाई बीच बाटोमा आइपुगेपछि अस्पतालसम्म पुर्याइएको भन्दै दासले ल्याएका थिए ।

इलाम बजारस्थित एक होटलमा रेडबुलसँगै लट्याउने पदार्थ खुवाएका दासले बालिका लाटिएपछि विवाह गरौं भन्दै फकाएर लगेको पीडित बालिकाका आफन्तले दिएको उजुरीमा उल्लेख छ ।

जेठ २४ गते ती बालिकाले आफूलाई झुक्याएर झापामा राखेको र भारत लान लागेको खबर घरमा गरेपछि बालिकाका परिवारले प्रहरीमा खबर गरेका थिए  ।

२४ गते साँझ झापा प्रहरीले बालिकासहित दासलाई गिरफ्तार गरी इलाम प्रहरीलाई बुझाएको थियो । दासविरुद्ध प्रहरीले २५ गते अदालतमा मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरेको छ । दासलाई अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.