पोखरामा लिनोकट कला

पोखरामा लिनोकट कला

पोखरा: कला साहित्यको राजधानी मानिने पोखरामा प्राचीन उड्कट लिनोकट कला प्रशिक्षण गरिएको छ।नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागको आयोजनामा भएको पाँचदिने प्रशिक्षणमा १५ जना कलाकार सहभागी छन्।

प्राचीन कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका प्रमुख प्राज्ञ रमेश श्रेष्ठले बताए।

प्राचीन कलामध्येका एक उड्कट लिनोकट कला नेपालको प्राचीन कला भएको प्राज्ञ श्रेष्ठको भनाइ छ।विशेषगरी नेवारी सस्कृतिसँग जोडिएको यो कला नेवारी समुदायले नागपूजा, सरस्वती पूजा, लक्ष्मी पूजालगायतका हिन्दु तथा बुद्धधर्ममा यही विधिअनुसार काठमा स्केच कोरी आवश्यकताअनुसार रङ भरेर नेपाली कागजमा प्रिन्ट गरेर चित्र तयार गरिने उनले बताए।

काठ, विभिन्न रङको मसी, ब्रस, काठमा स्केच गर्ने औजार प्रयोग गरी नेपाली कागजमा रोलरको सहयोगमा प्रिन्ट निकालिने उड्कट लिनोकट कला विश्वकै प्राचीन भएको प्रशिक्षक सुष्मा शाक्यले दाबी गरिन्।यो कलाको ज्ञान अन्य कलाको विकासमा महत्वपूर्ण हुने हुँदा चित्र कलामा काम गरिरहेका कलाकारले प्रशिक्षणमा सहभागी भएको उनले सुनाइन्।

प्रशिक्षणमा सहभागी मोरङकी कलाकार सरोजा खड्गीले चित्रकलालाई अझ सशक्त बनाउन प्रशिक्षण फलदायी भएको बताइन्।२५ वर्षदेखि एक्रोलिक, वाटर कलाका विभिन्न चित्र बनाउँदै आएकी खड्गीले प्रशिक्षणले चित्रकलामा फ्युजन गरी नयाँ शैली अपनाउन सहयोगी हुने सुनाइन्।

प्रशिक्षणमा सहभागी युवा कलाकार ज्योति गुरुङले स्केच, क्राभिङ, रङ संयोजन, सबै मिलाएर प्रिन्ट गरी तयार पारिने चित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइन्।पानी रङका विभिन्न चित्र कोर्दै आएकी गुरुङले पोखरामा पहिलो पटक आयोजित यस प्रशिक्षणले कलाकारले चित्रमा नयाँ शैली अपनाएर चित्र कोर्न सहयोगी हुने सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.