संसदीय सुनुवाइ विशेष समितिको नेतृत्व कांग्रेसले गर्ने

  संसदीय सुनुवाइ विशेष समितिको नेतृत्व कांग्रेसले गर्ने


काठमाडौं: लामो समयदेखि विवादमा रहेको संसदीय सुनुवाइ विशेष समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्ने भएको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा यो सहमति जुटेको हो।

दुई नेताबीच शनिबार भएको छलफलमा नियमावलीलाई मतदान प्रक्रियाबाट भन्दा सहमतीय प्रक्रियाबाट टुंगोमा पुर्‍याउने निचोड निस्केको थियो।

दुई नेताबीच नियमावली सहमतिबाटै टुंग्याउने विषयमा छलफल अघि बढेको र समितिको नेतृत्व कांग्रेसले गर्ने भएपछि आज बस्ने संसद्मा सो एजेन्डाले प्रवेश नपाउने भएको छ।

प्रधानमन्त्री ओली संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय बनाउनुपर्ने पक्षमा थिए भने देउवा ७५ सदस्यीय हुनुपर्ने अडानमा थिए। दुई नेताबीचको सहमतिपछि संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्याबारे छलफल चलिरहेको छ।

नियमावलीबारे प्रधानमन्त्री ओली, सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल र प्रतिपक्षी नेता देउवाबीच शनिबार टेलिफोनमा अनौपचारिक कुराकानी भएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.