यात्रु बस भेरीमा खस्यो, मालिकको मृत्यु

यात्रु बस भेरीमा खस्यो, मालिकको मृत्यु

सुर्खेतः सुर्खेतबाट सल्यानतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बस सल्यानको सल्लीबजार नजिकै भेरी नदीमा खसेको हो । दुर्घटनामा बसका मालिकको ज्यान गएको छ । यस्तै अरु दुई्जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतवार बिहान सुर्खेतको धारापानीबाट सल्लीबजारतर्फ जाँदै गरेको ना ४ ख ५९४४ नम्बरको बस भेरीमा खसेको हो । दुर्घटनामा बसका मालिक सुर्खेतका रामबहादुर खड्काको ज्यान गएको हो ।

उनको उपचारका क्रममा नेपालगंजमा ज्यान गएको हो । यस्तै दुर्घटनामा बसका चालक सुर्खेतका मिलन रावत र सहचालक जाजरकोटका उमेशजंग शाह गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका अनुसार बस सडकबाट करिब दुई सय मिटर तल भेरी नदीमा खसेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

 

इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका प्रमुख सई बालबहादुर थापाले बसमा तीनजना मात्र सवार रहेको बताए । बस नदीमा खसेपछि सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.