ब्रसेल्समा फेरि आतङ्कवादी हमलाको प्रयास

ब्रसेल्समा फेरि आतङ्कवादी हमलाको प्रयास

ब्रसेल्स: बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ ।

ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

खोजी आभियानका क्रममा १२ जना यस्ता संकास्दप व्यक्तिलाई पक्राउ गरिएको जानकारी सो अवसरमा दिइएको थियो ।

प्रहरीले उनीहरुलाई हिरासदमा लिइएको बताउँदै ती व्यक्तिले ब्रसेल्समा आक्रमणको योजना बनाएको खुलेको पनि जनाएको छ ।

फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई १८ वर्षसम्मको जेल सजाय माग गरिएको केही दिनपछि यहाँ पुनः हमलाको तयारी गरिरहेका बुझिएको छ ।

फ्रान्स र बेल्जियममा केही महिना पहिला आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ ।

 

बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् ।

केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो ।

ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ । पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

ती आक्रमणमा सम्लग्न केहीको सोही समयमा नै ज्यान गएको थियो भने अरु केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.