ब्राजिलमा स्वाइन फ्लूबाट आठ सय ८६ को मृत्यु

ब्राजिलमा स्वाइन फ्लूबाट आठ सय ८६ को मृत्यु

ब्रासिलियाः ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको छ ।

पछिल्ला केही मैनामा फैलिएको स्वाइन फ्लूको प्रकोपले सयौँको ज्यान लिएका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै त्यति धेरै नागरिक मारिएका बताइएको छ ।

ब्राजिलको स्वास्थ्य विभागले शुक्रबार प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसबाट ती नागरिकको ज्यान गएको छ ।

उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो ।

यस्तै प्रकारको तर स्वासप्रस्वासको अर्को रुपका कारण पनि सन् २०१६ मा नै त्यहाँ अरु ९३ जनाको ज्यान गएको पनि प्राप्त रिपोर्टमा उल्लेख छ ।

यो दक्षिण अमेरिकी देशमा गएको हप्तामात्र पनि ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.