पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास

पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास

कायरो: इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन कारावासको सजाय सुनाएको छ। मोर्सीका ५ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ ।

इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको छ ।

मोर्सीले गैरकानुनी संगठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पुर्‍याएको अभियोगमा जन्मकैदको सजाय तोकेको मोर्सीका वकिल मोनेस्म अब्देल माकसाउन्डले बताएका छन् ।

इजिप्टको सत्ताबाट हटाइएका पूर्वराष्ट्रपति मोर्सीमाथि राज्य सुरक्षासम्बन्धी महत्वपूर्ण गोप्य कागजात लुकाएको आरोपमा थप १५ वर्षको जेल सजाय तोकिएको छ ।

मोर्सी तथा मुस्लिम ब्रदर हुड आन्दोलनको मुख्य सहयोगी कतारलाई मोर्सीले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य कागजात उपलब्ध गराई सत्तामा भएका बेला देशद्रोही कार्य गरेको भनी लागेको आरोपमा सफाइ पाए पनि सन् २०१२ देखि सन् २०१३ जुलाइसम्म इजिप्टका अनुभवी तथा शक्तिशाली नेता होस्नी मुबारकविरुद्ध विद्रोह गरेको अभियोगमा जन्मकैदको फैसला इजिप्टको कानुनअनुसार इस्लामिक कानुनका आधिकारिक व्याख्याकार मुफ्तीकहाँ पठाइएको छ।

मुफ्तीको निर्णय अदालतको निर्णयविरुद्ध आए पनि फैसला उल्टाउने बाध्यकारी व्यवस्था नभए पनि जन्मकैदको फैसला त्यहाँ पठाउने प्रावधान छ । मुफ्तीले फैसलाउपर व्याख्या गर्दै पुनर्विचार गर्न सल्लाह दिनसक्ने कानुनी प्रावधान छ । अभियोग लागेका सबैजनाले अदालतको निर्णयउपर पुनरावेदन गर्न पाउने छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.