कुन अस्पतालमा कति डाक्टर नक्कली ? (सूचीसहित)
काठमाडौँ: नक्कली प्रमाणपत्र बनाएर बिरामीमाथि खेलवाड गर्ने डाक्टर पछिल्ला दिनमा प्रहरीको फन्दामा छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देशभरबाट पक्राउ परेका ३६ जना नक्कली डाक्टरको नाम आइतबार सार्वजनिक गरेको छ ।
प्रहरीले असार ३ गते विभिन्न जिल्लाबाट पक्राउ गरेका डाक्टरलाई काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेको छ । आइतबार मात्र अदालतले पाँच दिनको म्याद थप गर्दै अनुसन्धान गर्न अनुमति दिएको छ ।
डाक्टर पक्राउ परेको प्रति विभिन्न अस्पताल र चिकित्सक संघले विरोध गरेपनि सीआईबीले ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
सीआईबीले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँबाट १३ डाक्टर पक्राउ परेका छन् । जसमध्ये ८ पुरुष छन् भने ५ महिला डाक्टर छन् । सँगै, पर्साको वीरगञ्जबाट मात्र ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।
मोरङ र चितवनबाट ३/३ जना डाक्टर पक्राउ परेका छन् भने ललितपुर र धनुषाबाट २/२ जना डाक्टर पक्राउ परेका छन् भने झापा, दाङ र कास्कीबाट १/१ जना नक्कली डाक्टर पक्राउ परेको सीआईबीको विज्ञिप्तिमा उल्लेख छ ।
सीआईबीले ‘अपरेसन क्वाक’मा पक्राउ परेका नक्कली डाक्टरको सूची