सेनापति क्षेत्री सोमबार लेबनान जाँदै
![सेनापति क्षेत्री सोमबार लेबनान जाँदै](https://annapurnapost.prixacdn.net/media/albums/57669969b505c8.85293113_7WlquSg9wX.jpg)
काठमाडौँः प्रधानसेनापति राजेन्द्र क्षेत्री एक साता लामो भ्रमणका लागि लेबनान जाँदैछन् ।
लेबननमा खटिएका नेपाली शान्ति सैनिकहरुको काम र त्यहाँ रहेका नेपाली पोष्टहरुको निरिक्षण गर्न प्रधानसेनापति लेबनान जाने भएका हुन । सेनापति क्षेत्री सोमबार साँझ लेबनान जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सैनिक प्रवक्ता तारा बहादुर कार्कीले लेबननमा खटिएका नेपाली शान्ति सेनाले गरिरहेको कामको निरीक्षण भ्रमणमा लागि प्रधानसेनापति क्षेत्री लेबनन जान लागेको बताए ।
प्रधानसेनापति क्षेत्रीले त्यहाँ रहेका नेपाली पोष्टहरुको समेत निरिक्षण गर्नेछन् । प्रधानसेनापति क्षेत्री असार १२ मा स्वदेश फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)