पूर्वराष्ट्रपति निवास खाली गराउन अदालतमा मुद्दा

पूर्वराष्ट्रपति निवास खाली गराउन अदालतमा मुद्दा

यम विरही
काठमाडौंः सरकारले पूर्व राष्ट्रपति डा.रामवरण यादवलाई सरकारले उपलब्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारले घर बहाल बापतको मासिक एक लाख ३० हजार रुपैयाँका दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायर गरेका हुन् ।

उनले घर खाली गर्न नमानेका कारण आफुचाहीँ डेरामा बस्नुपरेको पीडा पनि फिरादमा पोखेका छन् । ‘वहाल भराइ घर खाली गराइ पाउँ’ मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन सितलनिवास, सरकार र पूर्वराष्ट्रपति यादबलाईलाई प्रतिवादी बनाइएको छ ।

विष्टले घर वहाल बापतको रकम उपलब्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिए पनि सुनुवाई नभएपछि अदालत गुहारेका हुन् ।

सरकारले डा.यादबका लागि भनेर ललितपुर उपमहानगरपालिका, ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । २०७२ साल कात्तिक १२ गते देखि निबासका लागि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल वक्यौता रहेको दाबी फिरादपत्रमा छ ।

घर बहाल, विजुली पानीकोसमेत दश लाख २४ हजार आठ सय दश रुपैयाँ असुल्न बाँकी रहेको पनि घरधनी विष्टले जनाएका छन् । ‘मेरो घर बहालमा लिएकोमा मेरो उक्त घर जग्गाको वहाल विपक्षीले नबुझाएको र वुझाउन पटकपटक आग्रह गरेको र लिखित सम्झौता नभएकोले सो सम्झौतासमेत गरी पाउँ भनी आग्रह गर्दासमेत विपक्षीबाट हालसम्म कुनै सम्झौता नभएको र घर भाडा पनि नतिरेको अबस्था रहेको छ,’ पीडितको भनाई छ, ‘हालसम्म घर जग्गा खाली नगरेका कारण मेरो त्यत्रो लगानीमा निर्माण भएको घर जग्गामा आफुलेसमेत भोगचलन गर्न नपाएको हुँदा म घरधनीचाहीँ अन्यत्रै डेरा कोठा लिई बस्नु परेको अबस्था छ ।’

उक्त फिरादपत्रलाई शुरुमा ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले दरपिठ आदेशमार्फ दर्ता गर्न इन्कार गरेका थिए ।

दरपिठविरुद्ध दिएको अर्को निवेदनमा जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले विष्टले पेश गरेका निवेदन, जग्गा दर्ता श्रेस्ताको प्रमाणित प्रतिलिपि एवम् कागजातका आधारमा मुद्दाको फिरादपत्र न्यायिक विवेचना र कानुनी प्रश्नको व्याख्या एवं मूल्याङकन गरी इन्साफ गर्नुपर्ने अवस्था रहेको भन्दै स्रेस्तेदारको दरपिठ आदेशलाई शुक्रबार खारेज हुने निर्णय दिएको थियो ।

‘दरपिठको निर्णय बदर गर्ने इजलासको आदेशपछि आइतबारै मुद्दा दर्ता गरिएको छ,’ स्रेस्तेदार दाहालले अन्नपूर्णसँंग भने, ‘मुद्दाका प्रतिबादीलाई भाडामा बस्न दिनका लागि दुई पक्षवीच करार सम्झौता र कुनै पनि सहमतीको पत्र पेश हुन नसकेको र ठोस प्रमाण नभएको आधारमा दरपिठ गरेको थिएँ । दरपिठ बदर भएपछि फिराद दर्ता भयो । अब नियम वमोजिम इजलासमा सुनुवाईप्रक्रिया अघि बढ्छ ।’

विष्टले गत कात्तिकदेखि फिराद दर्ता हुँदाका बखत असार ५ गतेसम्मको घर बहाल भराइ पाउन आदेशको माग गरेका छन् । प्रतिबादीबाट आफैंलाई घर जग्गाको भोग चलन प्रयोग गर्नबाट वञ्चित गराएका कारण सम्पत्तिको हकमासमेत आघात पुगेको दाबी विष्टको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.