पत्नी बलात्कारको अभियोगमा तीन वर्ष जेल

पत्नी बलात्कारको अभियोगमा तीन वर्ष जेल

ओखलढुंगाः एकजना व्यक्तिलाई पत्नीमाथि बलात्कार गरेको अभियोगमा अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ ।

जिल्ला अदालत ओखलढुंगाले च्यानम गाविस–८ का २९ वर्षीय नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

आफूलाई बलात्कार गरेको भन्दै पत्नीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले ०७३ असार ५ गते तीन वर्ष कैद र २५ हजार जरिवाना गर्न आदेश दिएको हो ।

अदालतको आदेशले आरोपित यसअघि पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार साहले जानकारी दिए ।

उजुरीमा पतिले मादक पदार्थ पिएर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताइन् ।

पीडितले ०७२ चैत १५ जबरजस्ती करणी गरेको जाहेरी गरेपछि प्रहरीले आरोपितलाई पक्राउ गरी चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

ओखलढुंगामा पतिलाई पत्नीमाथि बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भइ सजाय भएको यो पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.