अपडेटः काबुलमा आत्मघाती बम हमला, १२ नेपालीको मृत्यु

अपडेटः काबुलमा आत्मघाती बम हमला, १२ नेपालीको मृत्यु

काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ ।

सोमबार बिहानै मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम आक्रमण १२ जनाको ज्यान गएको हो । ज्यान गुमाउने १२ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको यस मिनिबसमा १२ जना नेपाली सुरक्षागार्ड सवार थिए ।

घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पुर्याएका छन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका छन् । 

स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बमले उडाएका हुन् ।

अफगान मिडियाले एक सरकारी अधिकारीलाई उधृत गर्दै जनाए अनुसार रमजान सुरु भएपछि काबुलमा यो पहिलो आतंकवादी हमला हो ।

यसभन्दाअघि १९ अप्रिलमा भएको हमलामा ६४ जना मानिस मारिएका थिए । घटनामा ३४० भन्दा बढी मानिस घाइते भएका थिए । तालिबान त्यो हमलाको जिम्मेवारी लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.