भारतीय विदेशमन्त्री स्वराजको बोली, 'नेपालसँग 'अविश्वास हट्यो'

भारतीय विदेशमन्त्री स्वराजको बोली, 'नेपालसँग 'अविश्वास हट्यो'

काठमाडौं: भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका 'केही असमझदारी' प्रधानमन्त्री केपी ओलीको भ्रमणकै क्रममा अन्त्य भएको बताएकी छन्।

नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका उपलब्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन्।

'नेपाल र हाम्रोबीचमा जुन ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध छ त्यसमा बीचमा केही असमझदारी पनि देखिए। तर नेपालका प्रधानमन्त्री ओलीजीको भ्रमणपछि त्यो अविश्वास हटेको स्वयं ओलीजीले भ्रमणलगत्तै बोलिसक्नुभएकै छ', विदेशमन्त्री स्वराजले भनिन्।

ओलीले फागुनमा गरेको भारत भ्रमणपछि पनि नेपाल—भारत सम्बन्धमा कुनै सुधार आउन नसकेको टिप्पणीका बीच भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो।

 

नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्दै भारतस्थित राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको चर्चा भइरहेको थियो। विदेशमन्त्री स्वराजले नेपालमा भूकम्पलगत्तै सहयोग गर्ने पहिलो विदेशी मुलुक भारत नै रहेको दोहोर्‍याइन्।

उनले सार्कका सबै मुलुकसँगको सम्बन्धलाई भारतले भिन्न रूपमा महत्व दिइरहेको बताइन्।'प्रधानमन्त्री मोदीजी आएपछि हामीले अघि बढाएको छिमेकीलाई प्राथमिकतामा राख्ने नीति आज पनि कायमै छ।

नेपालमा गएको भूकम्पदेखि श्रीलंकाको बाढीको विपद् एवं माल्दिभ्सको पानी संकटका बेला सहयोग गर्ने हामी नै पहिलो विदेशी मुलुक थियौं,' उनले भनिन् । भारतले गरिरहेको प्रगतिको लाभ सबै मुलुकले लिऊन् भन्ने चाहना भारतको रहेको पनि उनले बताइन्।

नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्ट भारतले संविधानको स्वागत नगरी त्यसलाई आफूले जानकारीमा मात्रै लिएको सार्वजनिक वक्तव्यमार्फत बताएको थियो।

संविधानमा असन्तुष्ट मधेसी दलका माग सम्बोधन गर्न गरिएको पहिलो संविधान संशोधनको भने भारतले स्वागत गरेको थियो। त्यस्तै मधेसीले राखेका अन्य माग समयबद्ध रूपमा समाधान गर्न भारतले नेपाल सरकारमाथि दबाबसमेत दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.