मधेसी दलले संसदमा भने, ‘हाम्रो आन्दोलन जारी छ'

मधेसी दलले संसदमा भने, ‘हाम्रो आन्दोलन जारी छ'

काठमाडौँ:  मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै सोमबार पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।

सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।

सांसद कर्णले सभामुखमार्फत संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेस केन्द्रित दलहरुले बैठक बहिष्कार गरेको बताए ।

यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उनले मधेस आन्दोलनमा पाँच दर्जनको मृत्यु भए पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.