काबुलमा नेपालीको मृत्यु हुँदा नरेन्द्र मोदी दुःखी
काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको काबुलमा भएको बम आक्रमणमा नेपालीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले काबुलमा भएको आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
We are taking steps to provide all relevant assistance to the Nepal government in this hour of tragedy.
— Narendra Modi (@narendramodi) June 20, 2016
मोदीले ट्वीटरमा भनेका छन्, ‘काबुलमा भएको यो दुःखद् घटनाप्रति हामी कडा भत्सना गर्दछौँ । निर्दोष व्यक्ति एवम् नेपाल र अफगानिस्तान सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।'
मोदीले यो दुःखद् घडीमा नेपाल सरकारलाई सबै प्रकारको सहयोगका लागि आवश्यक कदम चाल्ने समेत उल्लेख गरेका छन् ।
‘दुःखको यो घडीमा हामी नेपाल सरकारलाई सबै किसिमको आवश्यक सहयोग गर्न कदम चाल्दैछौँ,' मोदीले भनेका छन् ।
We strongly condemn the horrible tragedy in Kabul. Our deep condolences to people & Govts of Afghanistan & Nepal on loss of innocent lives.
— Narendra Modi (@narendramodi) June 20, 2016
काबुलमा आत्मघाती बम हमला, १४ नेपालीको मृत्यु