ईपीएसमा नक्कली परिक्षार्थीको बिगबिगी

ईपीएसमा नक्कली परिक्षार्थीको बिगबिगी

काठमाडौं: ईपीएस भाषा परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी देखिएको छ। आकर्षक तलबसुविधा पाइने भएकाले कोरिया जान जसरी पनि पास गर्नैपर्ने मानसिकता हुँदा अर्कालाई परीक्षा दिन लगाउने प्रवृत्ति बढेको हो।

आइतबार विभिन्न परीक्षा केन्द्रबाट प्रहरीले ६० जना अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ गरेको छ। शनिबार पनि ३१ जना पक्राउ परेका थिए। ईपीएस कार्यालयका अनुसार ईपीएस भाषा सिकाउने दर्जनौं शिक्षकसमेत पक्राउ परेका छन्।

विद्यार्थीसँग मोटो रकम असुलेर उनीहरूकै नाममा परीक्षा दिन आउँदा शिक्षक समातिएका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार यस्ता प्रशिक्षकले एकै जनासँग पाँचदेखि ६ लाख रुपैयाँसम्म पाउने सर्तमा विद्यार्थीको नाममा परीक्षा दिन गएका हुन्। कतिपयले मेसिन रिडेबल पासपोर्ट बनाउँदा नै दुई जनाको फोटो रिमिक्स गरेको समेत फेला परेको छ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार परीक्षा दिन आउने र दिन लगाउने दुवै जनाको फोटो रिमिक्स गरेर खिच्ने अनि त्यही फोटोबाट एमआरपी बनाउने र परीक्षामा सहभागी हुने गरेको पनि पाइयो। 'नक्क्ली परीक्षार्थी न्यूनीकरण गर्न ईपीएसले परीक्षालाई हरेक हिसाबले मजबुत बनाइएको भए पनि विभिन्न अवैध तरिका अपनाएर आउनेक्रम अधिक पाइयो', उनले भने।

भाषा परीक्षा पास गरेपछि जान पाउने लगभग निश्चितजस्तै भएकाले पनि पैसा खर्च गरेर अर्कालाई परीक्षा दिन लगाउनेहरू बढेका प्रमुख बास्तोलाको भनाइ छ। भाषा परीक्षा पास गरेका करिब ९० प्रतिशत जान सक्ने देखिएको छ। 

विद्यार्थीसँग मोटो रकम असुलेर उनीहरूकै नाममा परीक्षा दिन आउँदा शिक्षक समातिएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार यस्ता प्रशिक्षकले एकै जनासँग पाँचदेखि ६ लाख रुपैयाँसम्म पाउने सर्तमा विद्यार्थीको नाममा परीक्षा दिन गएका हुन्। 

यहाँ उच्च शिक्षा अध्ययन गरेका, सानोतिनो व्यापारव्यवसाय गरिरहेका तथा राम्रै जागिर खाएकाहरू पनि भाषा परीक्षामा सहभागी भएका छन्। कोरिया जाने बित्तिकै मासिक न्यूनतम एक लाख १२ हजार रुपैयाँसम्म कमाउन सक्छन्।

 

५७ हजारले दिए ईपीएस परीक्षा

यसपटकको ईपीएस परीक्षामा ५७ हजार एक सय ५९ जना सहभागी भएका छन्। परीक्षा शनिबारदेखि सुरू भएको परीक्षा आइतबार सकिएको छ। कुल ६० हजार ६ सय २६ जनाले आवेदन फारम भरेकामा ३४ सय ६७ जना भने अनुपस्थित भए। यस आधारमा अनुपस्थित हुनेको ५.७२ प्रतिशत हुन आउँछ।

। ईपीएसले दुई सिफ्टमा भाषा परीक्षा लिएको हो। काठमाडौं उपत्यका र बाहिर पोखरामा परीक्षा केन्द्र तोकिएको थियो। उपत्यकामा कुल १८ वटा केन्द्र छन् भने पोखरामा तीनवटा केन्द्रबाट परीक्षा थिए। परीक्षामा १५ सय जना कर्मचारी परिचालन गरिएको थियो। एचआरडी कोरियाबाट ४८ जनाको टोली पनि नेपाल आएका छन्। उत्तर पुस्तिका कोरियाले नै परीक्षण गर्नेछ।

भाषा परीक्षाको नतिजा साउन ११ गते प्रकाशन हुनेछ। अर्को वर्ष कोरिया जान अहिले परीक्षा लिइएको हो। कोरियाले आगामी वर्षका लागि नेपालमा जम्मा तीन हजार एक सय जनाको कोटा तोकिदिएको छ।

हाल कोरियामा ३० हजार नेपालीले काम गरिरहेका छन्। उद्योग र कृषि क्षेत्रमा नेपालीले काम पाएका छन्। कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन्। दुवै देशका सरकारीस्तरमा (जी टु जी) मात्र कामदार आदानप्रदान गर्ने व्यवस्था छ।

कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। नेपाल सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको हो। जाने बित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख १२ हजार हाराहारीमा कमाउन सक्छन्। अनुभवी भएपछि कमाई अझ बढ्छ। अतिरिक्त समय काम गर्नेले मासिक साँढे दुई लाखदेखि तीन लाखसम्म पनि कमाउने गरेको त्यहाँ काम गरिरहेकाहरू सुनाउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.