शान्तिनगरमा रक्तदान कार्यक्रम
![शान्तिनगरमा रक्तदान कार्यक्रम](https://annapurnapost.prixacdn.net/media/albums/5767c7c04cdba9.80055943_Npbo6SOuCJ.jpg)
काठमाडौँः काभ्रेका युवाले सोमबार राजधानीको शान्तिनगरमा रक्तदान कार्यक्रम गरेका छन् ।
३० औ एसओएस अन्तरराष्ट्रिय दिवसको उपलक्षमा एसोएस युवालय काभ्रेका युवाको क्लब इनोभेटिभ युथ क्लब काभ्रेले शान्तिनगरमा खुल्ला रक्तदान गरेको हो ।
दिवसको नारा ‘आफ्नो अठारौँ जन्म दिवस सँगै रक्तदानको सुरुवात गरौँ’ भन्ने रहेको छ । रक्तदान कार्यक्रम एक सय ४१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष रुपेश लामाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा फोटोपत्रकार राजभाई सुवाल, एसोएस नेपालका राष्ट्रिय निर्देशक शंकर प्रधान लगायतको उपस्थिति थियो । रक्तदानमा विभिन्न कलेजका विद्यार्थीको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)