काबुलको बर्बर हत्याप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काबुलको बर्बर हत्याप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ: नेपाली कांग्रेसले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्माघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

सोमबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले काबुलमा बम आक्रमणमा १४ नेपालीको मृत्युले राष्ट्र शोक विह्वल र उद्देलित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रोजगारिका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको अत्यन्त पाशविक, क्रुर र बर्बर हत्याले आज हामी सम्पूर्ण नेपाली स्तब्ध र अत्यन्त दुःखी भएका छौँ ।'

देउवाले मृतक नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।

 ‘घटनामा मृत्युवरण गर्नुभएका सबै नेपालीप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका परिवारजनप्रति हार्दिक समवेदना प्रर्कट गर्दछु र घाइतेको श्रीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' देउवाको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सधै आपराधिक घटनाको निन्दा र भत्सना गर्ने उल्लेख गर्दै विज्ञप्तिमा नेपाल र अफगानिस्तानले बेहोर्नु परेको शोकको घडीमा संयमका साथ एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिएको छ ।
 
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मृतकको पार्थिव शरीर नेपाल फर्काउने व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।
देउवाको विज्ञप्तिमा भनिएको छ, ‘मृतकको पार्थिव शरीर यथाशीघ्र नेपाल फर्काउने व्यवस्था, घाइतेको उपचारको प्रबन्ध, मृतक र घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्धका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गर्दछु ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.