एकै व्यक्तिबाट ६ महिलाको हत्या, ३२ जना बलात्कृत

एकै व्यक्तिबाट ६ महिलाको हत्या, ३२ जना बलात्कृत

काठमाडौँः प्रहरीले ६ जना महिलालाई बलात्कार गरी हत्या गरेर फरार भएका ‘सिरियल किलर’ लाई २० वर्षपछि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाराको डुमरवानाका ५० वर्षीय प्रेम भनिने मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

बुढाथोकी लामो समयदेखि कान्छी पत्नीसँग भारतको राजधानी नयाँदिल्लीस्थित नोयडामा बस्दै आएका थिए । उनकी जेठी पत्नी डुमरवानामै छिन् ।

केन्द्रीय अनुसन्धान व्युरोका डीआईजी नवराज सिलवालले बुढाथोकीबारे थप अनुसन्धान भइरहेको बताए ।

बुढाथोकी विभिन्न ३२ वटा जवरजस्ती करणीका घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा बुढाथोकीले ६ महिलाको हत्या र ३२ वटा करणीका घटनामा आफनो संलग्नता रहेको स्वीकारेका छन् ।

 

बुढाथोकीले २०५३ असार ९ गते महोत्तरी बर्दीबासकी शारीरिकरुपमा असक्त एक महिलालाई स्थानीय सागरनाथ वन बिकास परियोनाको जंगलमा बलात्कार गरी पछयौराले बाँधेर हत्या गरेका थिए ।

त्यसअघि २०५२ फागुन २४ गते बुढाथोकीले धनुषाको बेगाडावरमा माइतबाट फर्कँदै गर्दा स्थानीय एक महिलालाई बलात्कारपछि पश्चात हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बुढाथोकीले २०५२÷०५३ मा महोत्तरी र धनुषा जिल्लाका विभिन्न स्थानमा जवरजस्ती करणी पछि ६ महिलाको हत्या गरेका थिए ।

बुढाथोकीले गाई, वाख्रा चराउन गएका, माइतबाट फर्कँदै गरेका, एक्लै यात्रारत र शारीरिकरुपमा अशक्त महिलालाई शिकार बनाउने गरेको गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.