चुरोट कारखानाका वरिष्ठ सहायक अख्तियारको फन्दामा
![चुरोट कारखानाका वरिष्ठ सहायक अख्तियारको फन्दामा](https://annapurnapost.prixacdn.net/media/albums/5767df4d53db07.90533790_paT2IoAFYB.jpg)
काठमाडौँ: नेपाल बैंक लिमिटेड अन्र्तरगत जनकपुर चुरोट कारखाना कम्पाउण्ड शाखामा कार्यरत वरिष्ठ सहायक अवध मण्डलमाथि नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ ।
वरिष्ठ सहायक मण्डलले नियुक्ति प्रयोजनका लागि पेश गरेको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट आईए तह उत्र्तीर्ण गरेको प्रमाणपत्र नक्कली देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मण्डल विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ (२) तथा प्रलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुने मागदाबी लिई मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)